टिफर दुर्घटनामा परी तीन जना गम्भिर घाईते

रामेछाप भदौ १९

दोलखा जिल्ला बैतेश्वर गाँउपालिका वडा नं ६ साविक्को नाम्दु डाँडागाँउमा बिहिबार टिफर दुर्घटना हुदा तीन जना घाईते भएका छन् । तामाकोसी नदीबाट बालुवा लिएर जिरीतर्फ जादै गरेको बा ५ ख ८७८३ नंम्बरको टिफर अप्रान ४ ः ४५ बजे सडकबाट अन्दाजी १५ मिटर तल झरेको मैनापोखरी प्रहरीले जनाएको छ । जिरी – लामसागु निर्माणधिन सडक अबिरल वर्षाका कारणले भासीयकले लोड् थाम्न नसकी गाडी पल्टेको हो ।

दुर्घटनामा परी जिरी नगरपालिका ६ हाटडाँडाका २३ वर्षीय चालक सुनिल जिरेल, सोही नगरपालिका वडा नं ६ का २४ वर्षीय सहचालक अर्जुन कार्की र सोही नगरपालिका वडा नुंन ६ का पोष बहादुर सुनुवार घाईते भएको दोलखा जिल्ला बैतेश्वर गाँउपालिका ६ मैनापोखरीका प्रहरी निरिक्षक बद्री नेपालीले जानकारी दिए ।
घाईते दुई जना चालक र सहचालकलाई भित्री चोट लागेको हिमालयन कियर सामुदायिक हस्पिटलले थप उपचारका लागि काठमाण्डौं पठाएको छ । एकको सोहि हस्पिटलमा उपचारपछि घर फर्कीएका छन् ।