डेगु रोकथामका गर्न कपिलवस्तुमा नागरिक अभिमुखिकरण कार्यक्रम

भगवती न्यौपाने, कपिलवस्तु भाद्र २०,

वाणगंगा नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि, नगर स्वास्थ्य केन्द्रका प्रमुख र संचारकर्मी समेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा आउदो २२ गते अभिमुखीकरण कार्यक्रम गर्ने भएको हो ।

डेंगू

नगर उप–प्रमुख चक्रपाणी अर्यालले डेङ्गु रोग नियन्त्रणका लागि जनचेतना अभियान कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिइन । उनले यस रोग बाट बच्नका लागि सञ्चार माध्यद्धारा सुचना प्रकाशन तथा प्रशारण गर्ने समेत बताईन ।

नगरपालिकाले बजार क्षेत्रमा बढि डेङ्गु देखिने भएको हुर्दा २४ र २५ गते भने स्वयसेवक परिचालन गर्ने भएको छ । वाणगंगा नगरपालिकाका स्वास्थ्य संयोजक कृष्ण प्रसाद घिमिरेले निश्चित औषधी, खोप, तथा सुई नभएकाले यसको रोकथामको उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बताइन ।

घरआगन वरिपरी पानी जम्न नदिने तथा सरसफाई गर्ने, पानीमा टेङ्की, कुलर, एसी, गमला तथा पानी रहने टायर तथा भाडाकुडाहरु सफा गर्ने, पानी नसुक्ने श्रोतहरुमा मटीतेल तथा डढेको मबिल राख्ने, सुत्दा झुल लागाउने लगायत काम गर्न नगरले सबैमा आग्रह समेत गरेको छ ।