यात्रु र चालकको साझा प्रश्न : गाडीमा पिसाब लागे कहाँ जाने ?

भदौ १९, काठमाण्डौ

धरानकी बिनिसा लिम्बू बीपी राजमार्ग हुँदै सार्वजनिक बसमा काठमाण्डौ आउँदै हुनुहुन्थ्यो । झण्डै ९ घण्टाको यात्रामा बस तीनपटक रोकियोे । एक पटक खाना र दुई पटक खाजा खान ।

उहाँ तीनै पटक हतारहतार निस्केर शौचालय जानुभयो । बस चलिरहँदा उहाँले अरु दुई पटक रोक्न भन्नुभयो । तर चालकले आलटाल गरिरहे । एक पटक जंगलमा गाडी त रोकियो । तर उहाँभन्दा अघि नै बसमा रहेका पुरुष यात्रुहरु निस्केर भित्तातिर फर्किए । सबै पुरुष फर्किएपछि उहाँले पर झाडीमा गएर पिसाब गर्नुभयो । ‘गाडी चढेपछि खुट्टामा पोलेजस्तो लाग्यो, यसो हेर्दा त दुई वटा जुकाले टोक्न थालिसकेछन्’ उहाँले हाँस्दै भन्नुभयो ।

सार्वजनिक बसमा कञ्चनपुरबाट काँकडभिट्टा पुगेर फर्किएकी भीमदत्त नगरपालिकाकी राधा चापागाईंको भोगाइ पनि उस्तै छ । उमेरले पाँच दशक नाघिसकेकी चापागाईंलाई पनि बाटोमा पिसाबले च्यापेर दिनुसम्मको पिर दिएको छ । उहाँले भन्नुभयो ‘पिसाब चाँडोरचाँडो आउँछ । खाने ठाउँमा रोक्दा त शौचालय थियो, जंगलमा रोक्दा त आफू हिँड्न नसक्ने, अलि पर जान सकिनँ, छेउमा कसरी बस्नु र रु सबै त्यतै थिए, कति दुःख पाइयोरपाइयो ।’

सोलुखुम्बुबाट गाडीमा काठमाण्डौ आएकी सरिता राईको भोगाइ पनि उस्तै छ । उहाँ भन्नुुहुन्छ ‘झण्डै १० घण्टाको यात्रामा खाजा र खाना गरी दुई ठाउँ गाडी रोक्छ । अरुबेला पिसाब आयो भने हत्तपत्त रोक्दैन । रोकिहाल्दा पनि जंगल वा पाखामा हो । हामी महिला गाडी रोकेको नजिकै पिसाब गर्न सक्दैनौं, अलि पर झाडीमा जाँदा ज्यानै सुरक्षा गर्न गाह्रो हुन्छ ।’

उहाँले अघिल्लो पटकको यात्रा अनुभव सुनाउँदै भन्नुभयो ‘अस्तिको पालि त महिनावारी भएको बेला यति धेरै बिजोग भयो कि, बाटोमा प्याड फर्ने ठाउँ छैन, ब्लिडिङ भैरहेको छ, यस्तो पीडा त के भन्नु र कम्तीमा राजमार्गका दुईरचार ठाउँमा प्याड फेर्न र फ्याँक्न मिल्ने खालका शौचालय बनाइदिए हुने हुने नि ।’

बिनिसा, राधा र सरिता त प्रतिनिधि पात्र मात्र हुन् । यो व्यथा बसमा यात्रा गर्ने यात्रु, त्यसमा पनि महिलाको साझा समस्या हो ।

सामान्यतयास् राजमार्गमा हरेक ३५÷४० किलोमिटरको फरकमा सार्वजनिक शौचालय हुनुपर्छ । तर मान्छेको ज्यानसँग प्रत्यक्ष सम्बन्ध राख्ने ट्राफिक नियमको त बेवास्ता हुने ठाउँमा दिसापिसाबको समस्या प्राथमिकतामा परेकै छैन । राजमार्गमा सार्वजनिक शौचालयको सुविधा नहुँदा दिसापिसाब च्यापेरै यात्रा गर्नुपर्ने बाध्यता छ । यात्रु पिसाबले च्यापेर कराइरहँदा पनि चालक नसुनेझैँ गरी गाडी कुदाइ रहन्छन् ।

चालकको पनि बाध्यता

यात्रुले पिसाब आयो भनेर कराउँदा पनि भनेको ठाउँमा गाडी रोक्न नसक्नु आफूहरुको पनि बाध्यता रहेको चालकहरु बताउँछन् । काँकडभिट्टा–महेन्द्रनगर बस चलाउने चालक निरञ्जन उराउ भन्नुहुन्छ, ‘बाटोमा शौचालय नै छैन, कहाँ रोक्नु र रु कतिपय ठाउँमा जंगल पनि आउँदैन, बस्तीमा रोक्न मिलेन । यात्रुको पीडा हामीलाई पनि थाहा हुन्छ । तर रोक्न नमिल्ने भएकोले चुपचाप गाडी चलाउनुपर्छ । हामी आफू पनि धेरैपटक पिसाब च्यापेरै गाडी चलाइरहेका हुन्छौं ।’

केही राजमार्गमा सार्वजनिक शौचालय बनाउने क्रम बढेको त छ, तर यो पर्याप्त छैन । होटल तथा पेट्रोल पम्प विकल्प त हुन् । तर सबै ठाउँमा पेट्रोल भर्न र खाजा खान सम्भव नहुने चालकहरु बताउँछन् । बीपी राजमार्गमा गाडी चलाउने झापाका प्रदिप बस्नेत पाखा वा जंगल छेउमा गाडी रोक्नुको विकल्प नभएको बताउनुहुन्छ ।

बजार क्षेत्रमा होटल तथा पेट्रोल पम्पहरु भेटिए पनि पेट्रोल पम्पमा पेट्रोल नहाली रोक्न नमिल्ने चालकहरु बताउँछन् । होटलमा पनि खाजा खाने बेला नभई रोक्न मिल्दैन । पृथ्वी राजमार्गमा गाडी चलाउने नारायण केसी भन्नुहुन्छ, ‘जंगल क्षेत्रमा पनि समस्या हुन्छ, पुरुषलाई केही सहज भए पनि महिलालाई जंगलमा पनि निकै सास्ती हुन्छ ।’

अहिले पाखा तथा जंगलमा दिसापिसाबको लागि गाडी रोक्न पालिकाहरुले कडाइ गरेका छन् ।

खुल्ला दिशामुक्त अभियान र राजमार्गमा शौचालय

काँकडभिट्टा–महेन्द्रनगर बस चलाउने चालक निरञ्जन उराउले सडक छेउको जंगलमा गाडी रोकेबापत एक हजार रुपैयाँ जरिबाना तिर्नुभएको छ । ‘पिसाबले च्याप्यो भनेर यात्रुहरु कराए, जंगलमा छेउ लगाएर रोक्दा नगरपालिकाका मान्छे आएर जरिबाना तिराइहाले, खुल्ला दिसामुक्त क्षेत्र भन्ने थाहा छैन, बोर्ड हेरेको छैन भन्दै गाली पनि गरे, चुपचाप जरिबाना तिरेर बाटो लागें’, उहाँले भन्नुभयो ।

बीपी राजमार्गमा गाडी चलाउने प्रदिप बस्नेत पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान पछि बाटोमा गाडी रोक्न समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बाटोमा पर्ने सबैजसो ठाउँ खुल्ला दिसामुक्त क्षेत्र घोषणा भैसकेका छन् ।

त्यसैले पाखा जंगलमा रोक्न पनि डर हुन्छ । तर चाहिने ठाउँमा सार्वजनिक शौचालय नै छैन त कहाँ रोक्नु रु फोहोर हुन्छ भन्ने त हामीलाई पनि थाहा छ, तर बाध्यताले रोक्नुपरेको हो । खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दा बाटोमा यात्रा गर्नेलाई पनि दिसापिसाब आउँछ भन्ने बुझ्नुपर्ने हैन र

राजमार्ग छेउमा पर्याप्त सार्वजनिक शौचालय छैनन् । पाखा र जंगलमा पालिकाहरुले कडाइ गरेका छन् । खुल्ला ठाउँमा दिसापिसाब गर्न पाउनुपर्छ भन्ने हैन । गर्नु हुँदैन । तर यात्रामा रहेकाहरुलाई आपत पर्ने र यसअघि विकल्पको रुपमा प्रयोग गरिरहेको ठाउँलाई सम्बन्धित पालिकाले अर्को विकल्प दिएर मात्र रोक्नुपर्ने चालक तथा यात्रुहरु बताउँछन् ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्रकुमार झा खुल्ला दिसामुक्त क्षेत्र अभियान सफल बनाएका पालिकाहरुले आवश्यक ठाउँमा सार्वजनिक शौचालय बनाउनुपर्ने बताउनुहुन्छ । राजमार्गले छोएका पालिकाहरुले यसको जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ छ ।

खुल्ला दिसामुक्त अभियानसँगै धादिङ, चितवनलगायत जिल्लामा पर्ने राजमार्ग छेउमा केही सार्वजनिक शौचालय बनेका छन् । खुला ठाउँमा दिसापिसाब गर्ने क्रम कम भएको छ । सार्वजनिक शौचालय या होटल भएको ठाउँमा गाडी रोकिन्छ । कतिपय ठाउँमा होटल या सार्वजनिक शौचालय नहुँदा जंगल वा पाखामा गाडी छेउ लगाउनु चालकको बाध्यता हो ।

अहिले लामो दूरीका केही बसमा शौचालयको पनि सुविधा छ । लामो समय पिसाब रोक्न नसक्नेहरुले केही बढि भाडा तिरेरै भए पनि यस्ता बसमा यात्रा गर्ने गरेका छन् । लामो दूरीमा चल्ने बसका व्यवसायीहरुले कम्तीमा पिसाब फेर्न मिल्ने शौचालय बनाउन सक्छन् । र गाडीभित्र त्यस्तो सुविधा दिनेलाई सरकारले करमा छुट लगायत सुविधा दिन सक्छ ।

सुन्दा सानो, तर भोग्नेलाई ठूलो समस्या

दैनिक हजारौं यात्रुले समस्या भोगिरहेका छन् । मिर्गौला, पिसाबथैलीमा संक्रमणको समस्या भएका यात्रुले दिसापिसाब लागेपछि लामो समय रोक्न सक्दैनन् । पिसाब लाग्नेबित्तिकै गर्न पाएनन् भने संक्रमण बढेर उनीहरुको ज्यानै जोखिम हुन्छ ।

स्वस्थ मानिसले पनि धेरैबेर पिसाब रोक्न सक्दैनन् । यो समस्या समाधानको बाटो खोजिनुपर्छ ।

सडकको अवस्था अनुसार ३५र४० किलोमिटरको फरकमा सार्वजनिक शौचालय बनाउनु पर्छ । शुल्क लिएरै भए पनि शौचालय व्यवस्थापन गर्न सकिन्छ । एउटा यात्रामा २०र३० रुपैयाँ तिर्नु पिसाब रोक्नुभन्दा सजिलो हो । यो काम सम्बन्धित पालिकाहरुले नै गर्नुपर्छ । यो गर्नै नसक्ने र बेकामे काम होइन ।

सार्वजनिक यातायात सञ्चालकहरुले पनि ठाउँठाउँमा पिसाब गर्नको लागि गाडी रोक्ने व्यवस्था गर्नुपर्छ । एक दिनको यात्रामा खाजा र चिया खाने ठाउँ बाहेक थोरैमा चार ठाउँमा मात्र गाडी रोकियो भने पनि महिला, बालबालिका लगायत यात्रुलाई ठूलो राहत पुग्छ ।

चार ठाउँमा पाँच मिनेटका दरले गाडी रोक्दा २० मिनेट ढिला हुन्छ । गन्तव्यमा २० मिनेट ढिला पुग्नुभन्दा धेरै गुणा बढी समस्या पिसाब रोक्दा हुन्छ ।

 कालिकोटका कालीबहादुर शाही काठमाण्डौको कलंकी चोकमा भेटिनुभयो ।

सुविधासम्पन्न भनिएको र ‘स्मार्ट’ हुँदै गरेको काठमाण्डौ शहरमा कालीबहादुरलाई पिसाबले दिनुसम्मको पीर दिएछ । आक्रोश पोख्दै उहाँले भन्नुभयो, ‘म धेरैबेर पिसाब रोक्न सक्दिनँ, यत्रो शहरमा कतै पनि सार्वजनिक चर्पी छैन, धेरैबेर छट्पटाएपछि माफ गर्नुहोला भन्दै व्यक्तिको घरमा गएर पिसाब फेरेँ, यही हो शहरको सुविधा ?’  सामान्य शौचालय पनि बनाउन नसक्ने सरकारले ‘स्मार्ट सिटी’ र रेलका कुरा गर्दा कालीबहादुर पत्याउनुहुन्न ।

कालीबहादुर जस्ता काठमाण्डौ उपत्यकाबाहिरबाट आएकाहरुले भोग्ने मुख्य समस्यामध्ये शौचालयको समस्या पनि एक हो । सीमित ठाउँमा बाहेक सार्वजनिक शौचालय नै छैनन् । भएका पनि दुर्गन्धित र जीर्ण छन् । पस्नै नसक्ने शौचालय भएर पनि के काम ? त्यसो त काठमाण्डौमै सधैँ बसिरहेकालाई पनि यसो बाहिर निस्किँदा पहिलो समस्या शौचालयकै हुने गर्दछ । घरबाट बाहिर निस्केपछि कि त दिसापिसाब च्याप्नै पर्‍यो । कि त घरमा फर्कने बेलासम्म पर्खनुपर्‍यो ।

सार्वजनिक शौचालयको अभावले थुप्रै मानिस दिसापिसाबले च्यापेर पीडामा हुन्छन् । काठमाण्डौकी सविता शाही भन्नुहुन्छ ‘पिसाबले च्यापेर समस्या भोगेका सम्झना त सयौँ छन्, घरबाट बाहिर निस्कनेबेला सबैभन्दा बढी पीर शौचालयकै लाग्छ ।’

यात्रुहरु समस्यामा

समस्या त काठमाण्डौका स्थायी बासिन्दादेखि व्यापारी, विद्यार्थी, जागिरे सबैलाई पर्छ । तर लामो समयदेखि बसिरहेकाहरुले जसोतसो व्यवस्थापन गरिरहेका हुन्छन् । काठमाण्डौमा भित्रिने नवआगन्तुक तथा यात्रीहरु सार्वजनिक शौचालयको अभावका कारण समस्यामा पर्ने गरेका छन् ।

काठमाण्डौ घुम्न, छोटो समयको काम लिएर वा आफन्तसँग भेटघाट गर्न आएकाहरुलाई सार्वजनिक शौचालयको अभाव बढी हुने गरेको छ । उदयपुरको कटारीबाट काठमाण्डौ आउनुभएका जयधन राई भन्नुुहन्छ, ‘न चर्पी देखिन्छ, न त खोलाखोल्सी छ, अरुको घरमा जान दिँदैनन्, यति गाह्रो पर्‍यो कि भन्नसमेत लाजमर्दो छ ।’

चिया चिसोको निहुँमा होटलको चर्पी

जयधन राई भन्नुहुन्छ, ‘हामी नयाँ मान्छेका लागि दिसापिसाब लाग्दा जाने ठाउँ नै छैन, भोक नलागे पनि होटलमा पसेर केही खाएपछि होटलको शौचालय जानुपर्छ ।’ 
दिसापिसाबले च्यापेपछि भोक नलागे पनि होटेल रेष्टुरेन्ट छिर्ने धेरैको बाध्यता छ । केही खाने बहानामा होटेलको शौचालय प्रयोग गर्नुको विकल्प छैन । 

बुटवलकी रिता श्रेष्ठको अनुभव पनि उस्तै छ । श्रेष्ठ भन्नुुहन्छ, ‘भर्खर बुटवलबाट आएको थिएँ, चर्पी कतै नभेटेपछि एउटा रेष्टुरेन्टमा खाजाको निहुँ गरेर शौचालय पसेको सामान्य खाजाको लागि ५÷७ सय रुपैयाँ तिर्नुपर्‍यो । यस्तो समस्या धेरैले भोग्नुपर्छ । चिया, चिसो खान मन नभए पनि त्यसैको निहुँ गरेर शौचालय जानु बाध्यता हो ।’

व्यापारी पनि समस्यामा

नयाँ बानेश्वरको सडक छेउमा मौसमअनुसारको तरकारी बेच्ने सम्झना कार्कीको ठूलो समस्या नै पिसाब हो । डोकोमा तरकारी लिएर दिउँसो ३ बजेपछि कोठाबाट निस्कने उहाँलाई ‘आज कति व्यापार हुन्छ भन्दा पनि आज कतिपटक पिसाब लाग्छ’ भन्ने हुन्छ । उहाँ भन्नुहुन्छ, ‘साँझ ८ बजे घरमा पुगुञ्जेल पिसाब नलागिदिए हुन्थ्यो भन्यो, लागिहाल्छ पिसाबको ढिपी सहन सकिँदैन, खै कहाँ जानु र ?’

कपडा बेच्दै गरेका नरेश शाहीको पीडा पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, ‘चर्पी नभएकोले पिसाब च्यापेर बस्नुपर्ने समस्या त कति हो कति ? सुन्नेहरु त हाँस्लान् तर आफूलाई मर्नुजस्तो पीडा हुन्छ ।’

महिलालाई बढी समस्या

सार्वजनिक शौचालयको समस्या त सबैलाई छ  । तर महिलाहरु अझ धेरै समस्या भोगिरहेका हुन्छन् । कतिपय पुरुषहरु खोला, साँघुरो बाटो, गाडीमा छलिएर वा अग्ला पर्खालमा छलिएर पनि पिसाब फेर्न भ्याउँछन् । फोहोर हुने थाहा हुँदाहुँदै पनि थाम्न नसकेपछि बाध्यता हो ।

महिलाहरु त त्यसो गर्न पनि सक्दैनन् । चर्पी उपलब्ध नै भए पनि महिलाले कतिको सुरक्षित छ भनेर विचार गर्नुपर्ने हुन्छ । लाजको कुरा एकातिर छ भने महिलाले थप हिंसाको सिकार पनि हुनुपर्छ । शहरमासुरक्षित सार्वजनिक शौचालय नहुँदा महिलाले बढी पीडा भोगिरहेका छन् । 

महिनावारीका बेला थप पीडा

बाटोमा हिँड्दै गर्दा महिनावारी भएमा वा महिनावारी भएका महिलाको बढी रगत बगेमा झनै बढी समस्या झेल्नुपर्छ । काठमाण्डौ कपनकी संगीता अधिकारी भन्नुुहन्छ, ‘बाटोमा हिँड्दै गर्दा पनि महिनावारी हुनसक्छ, त्यस्तो बेलामा कहाँ गएर प्याड लगाउने वा फेर्ने ?’

सार्वजनिक शौचालय भए पनि पानी नहुन सक्छ, प्याड फ्याँक्ने ठाउँ हुँदैन, ढोका पनि राम्रोसँग नलाग्ने चर्पी हुन्छन्, हातमा भएको व्याग राख्ने ठाउँ पनि हुँदैन, समस्या भनिसाध्ये छैन, पहिलो कुरा चर्पी नै भेटिँदैन भने चर्पी भेटिए पनि महिलामैत्री र सफा छैनन् । अधिकारी थप्नुहुन्छ, ‘महिनावारीको सम्भावित मिति सुरु भएपछि बाहिर निस्कनै मन लाग्दैन, महिनावारी भएर रगत बगुञ्जेल त झनै समस्या हुन्छ ।’   

‘शौचालय छैन, पानी नै नपिउने’

सार्वजनिक शौचालयको अभावले शहरका मानिस पानी कम पिउँछन् ।  विशेषगरी बाहिर निस्किरहनु पर्ने कामकाजी मानिसहरु बाध्यताले पानी कम पिउने गरेका छन् । घरबाट बाहिर निस्कनु छ भने सबैभन्दा पहिले पिसाबले च्याप्छ कि भन्ने चिन्ताले सताउँछ ।  

त्यसैले घरबाहिर निस्कने बेलामा पानी कम पिउने गरेको काठमाण्डौकी दीपा ढकाल बताउनुहुन्छ । उहाँ भन्नुुहुन्छ, ‘पानी प्रशस्त पिउने हो भने निस्कन नपाई पिसाब आइहाल्छ अनि कहाँ जानु ? त्यसैले फर्केर कोठामा नआउञ्जेल पानी पिउँदिनँ, पिसाबले च्यापेर पीडा दिएको घटना त कति हो कति छ । शौचालय भेटिँदैन त्यसैले पानी नै नपिउने हो भने पिसाब कम आउँछ भनेर सोच्नु सबैजसोको बाध्यता हो ।’

दिसापिसाब लागिसकेपछि न त धेरैबेर रोकिराख्न सकिन्छ, न त जहाँ पायो त्यहीँ गर्न नै सकिन्छ । गाउँघरमा त कसैको घरको चर्पीमा ‘एकैछिन है’ भन्न पनि सकिन्छ तर शहरमा त्यो सुविधा निकै कम हुन्छ । दिसापिसाबले च्यापेर छटपटाउनु वा चियाचिसोको निहुँ गरेर होटेलतिर छिर्नु शहरको बाध्यता बनेको छ । 

– ‘पाइखानाको पीर’ शृङ्खलाअन्तर्गत बुधबार काठमाण्डौ उपत्यकामा सार्वजनिक शौचालयको अवस्थाका बारेमा चर्चा गर्नेछौँ । 

सुनसरीका विनोद भट्टराई काम विशेषले सुन्धारामा हुनुहुन्थ्यो । पिसाबले च्यापेपछि नजिकै रहेको आकाशे पुलमुनिको सार्वजनिक शौचालयमा पस्नुभयो ।

शौचालय यति फोहोर थियो कि नाक र मुख मात्रै थुनेर सुख पाइएन । पेट बटारिएर बान्ता नै आयो । ‘पिसाब गर्न जाँदा बान्तासमेत गर्नुपर्‍यो’, उहाँले आफ्नो व्यथा पोख्नुभयो । उहाँको यो भोगाइ काठमाण्डौका सडकमा हिँडडुल गर्ने धेरैको साझा व्यथा हो । पहिलो कुरा त, काठमाण्डौका धेरै ठाउँमा सार्वजनिक शौचालय नै छैनन् । भएकामा पनि पस्नै नसक्ने दुर्गन्ध र फोहोर छ ।

काठमाण्डौ उपत्यकामा सबैभन्दा बढी जनघनत्व भएको काठमाण्डौ र ललितपुर महानगरपालिका तथा मध्यपुर थिमी र कीर्तिपुर नगरपालिकामा जम्मा ६२ वटा सार्वजनिक शौचालय छन् । त्यसमा पनि आधा जति मात्र सञ्चालनमा छन् । यी चारवटा पालिकाको जनसंख्या २० लाख रहेको मान्दा ६४ हजार जना बराबर एउटा सार्वजनिक शौचालय पर्ने एक अध्ययनले देखाएको छ ।

आवश्यकताभन्दा निकै कम

विश्व स्वास्थ्य संगठनका अनुुसार सहरमा प्रत्येक ३ सय मिटरमा एउटा सार्वजनिक शौचालय हुनुपर्छ । यो मापदण्ड पूरा गर्न नसके पनि एक वर्ग किलोमिटरमा कम्तीमा एउटा शौचालय हुनुपर्छ ।

तर काठमाण्डौमा आवश्यक पर्ने ठाउँमा सार्वजनिक शौचालय भेटिँदैन । महानगरमा चिल्ला र फराकिला सडक छन् । अग्लाअग्ला घर छन् । तर दिसापिसाब आउँदा चाहिने शौचालय भने छैनन् । काठमाण्डौमा सार्वजनिक शौचालयबारे अध्ययन गरेको संस्था गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य भन्नुहुन्छ, ‘जहाँ चाहिन्छ त्यहाँ सार्वजनिक शौचालय नै छैन, जस्तो ईन्द्रचोक, बसन्तपुर, न्यूरोडलगायत ललितपुर, भक्तपुरको धेरै जमघट हुने ठाउँमा पनि सार्वजनिक शौचालय नै छैन ।’

कमजोर संरचना र सरसफाइको अभाव

सार्वजनिक शौचालय बनाउँदा विभिन्न सूचकहरुमा ध्यान दिनुपर्ने सार्वजनिक शौचालयका बारेमा अध्ययन गरिरहेका प्रकाश अमात्य बताउनुहुन्छ । दुर्गन्ध नफैलिने, उज्यालो, बिजुली बत्ती, डस्टबिन, सामान राख्ने र्‍याक, बेसिन, पानी टयांकी, टायल, पेन्टिङ, प्यान, भेन्टिलेसन तथा महिनावारी हुँदा प्रयोग गरिने प्याडको व्यवस्थापन गर्ने ठाउँ हुनुपर्छ ।

त्यस्तै मलमूत्र व्यवस्थापन गर्न बायो ग्यास प्लान्ट, महिला÷पुरुष नेमप्लेट, अपाङ्गरज्येष्ठ नागरिकरबालबालिकामैत्री र उनीहरुका लागि निःशुल्क गर्नुपर्छ । सकेसम्म भुइँतलामा बनाउनुपर्ने र सँगै नुहाउने कक्ष पनि हुनुपर्ने उहाँको भनाइ छ ।

तर देशकै संघीय राजधानी र ठूलो शहर काठमाण्डौमा एक त सार्वजनिक शौचालय नै कम छन् । भएका शौचालयमा पनि छिरिसक्नु छैन । ‘अध्ययनका क्रममा धेरैजसो शौचालयको अवस्था बिजोग रहेको पाइयो’, गुथी संस्थाका सल्लाहकार अमात्य भन्नुहुन्छ, ‘महिलाहरुका लागि त यहाँका सार्वजनिक शौचालय नर्क जस्तै छन् । टाढैबाट देखिने, सुरक्षाका दृष्टिले कमजोर, दुर्गन्ध, पानी, बिजुली लगायतको सुविधा नहुनु, एउटा ब्याग झुण्ड्याउने ठाउँ पनि नहुनु जस्ता समस्या देखिएको छ ।’

कतिपय सार्वजनिक शौचालयको ढोका राम्रोसँग लाग्दैन । दिउँसै अँध्यारो छ र बिजुली पनि छैन । भित्र पसेपछि स्वास फेर्नै समस्या हुने शौचालयमा पनि बाध्यताले पस्नुपरेको धेरैको गुनासो छ ।

जानकार भएर पनि अलमलमा महानगर

काठमाण्डौमा शौचालयको अवस्था निकै दयनीय छ भन्ने जानकारी काठमाण्डौ महानगरपालिकालाई पनि थाहा नभएको होइन । नयाँ जनप्रतिनिधि आएपछि गरिएको अनुगमनमा सार्वजनिक शौचालय नर्क समान रहेको पाएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउनुहुन्छ । उहाँ भन्नुुहन्छ, ‘भित्र जानै गाह्रो, भित्र गएपछि पनि दुर्गन्धले रोग लाग्छ भन्ने डर छ, अनुमगन गर्दा हामीले अपराध नै गरेको जस्तो लाग्छ, यति अस्तव्यस्त छ कि त्यो भनिसाध्ये छैन ।’

चाहिने जति सार्वजनिक शौचालय छैनन् भन्ने पनि महानगरपालिकालार्ई राम्रोसँग थाहा छ । प्रवक्ता डङ्गोल भन्नुुहन्छ ‘सार्वजनिक शौचालय निकै कम छन् र भएकामध्ये पनि धेरै सञ्चालनमा ल्याउन नसकिएको सत्य हो, मान्छेको बाक्लो आवतजावत हुने ठाउँमा शौचालय बनाउनुपर्छ भन्ने कुरा हामीले मनन् गरेका छौँ ।’

सार्वजनिक शौचालयको दर्दनाक अवस्था देखिएपछि महानगरपालिकाले व्यवस्थित शौचालय बनाउने प्रक्रिया सुरु गरेको कर्मकाण्डी जवाफ दिने गरेको छ । यो आर्थिक वर्षमा केही शौचालय बनाउने प्रक्रिया सुरु गर्ने सोचमा रहेको प्रवक्ता डंगोलले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘हामीले सार्वजनिक शौचालय निर्माणलाई प्राथामिकतामा राखेका छौँ, यही आर्थिक वर्षमा १०र१५ वटा भए पनि व्यवस्थित सार्वजनिक शौचालय बनाउन लागिपरेका छौँ, अनि यो समस्याको दिगो समाधानको लागि हामी योजना बनाइरहेका छौँ ।’

सुधारिएका पनि छन्

सार्वजनिक शौचालय प्रयोग गरेबापत पैसा तिर्नुपर्छ । त्यो पैसा ठेकेदारले लैजान्छ । तर शौचालय सफाइ गर्ने, ढोकामा चुकुल लगाउने जस्ता सामान्य कुरामा ठेकेदारले वास्ता गर्दैनन् ।

यद्यपि भृकुटीमण्डप, वीर अस्पताल अगाडि रत्नपार्कको छेउमा रहेको शौचालय भने केही व्यवस्थित छन् । त्यहाँका शौचालय तुलनात्मक रुपमा सफा छन् । पानी पर्याप्त हुन्छ । ढोकाबाट भित्र पस्दा आफै बिजुली बल्छ । महिलामैत्री र अपाङ्गमैत्री पनि छन् । ती शौचालयका सञ्चालक ऋषि गड्तौला सामान्य प्रयास मात्रैले पनि शौचालय सफा सुग्घर राख्न सकिने बताउनुहुन्छ ।

सार्वजनिक शौचालयमा मनपरि

धेरैजसो सार्वजनिक शौचालयमा पिसाब गरेको ५ रुपैयाँ र दिसा गरेको १० रुपैयाँ तिर्नुपर्छ । तर हनुमानढोका दरबार क्षेत्रको दमकल भवनको उत्तरपट्टिको शौचालयमा त पिसाब फेरेकै १० रुपैयाँ लिन्छ । शौचालयको शुल्कमा एकरुपता छैन । पालिकाहरुले ठेक्का दिँदा शुल्क नतोक्नुले पनि समस्या आएको पाईन्छ । सबैजसो सार्वजनिक शौचालय क्षेत्रमा विभिन्न पसल सञ्चालन भैरहेका छन् ।

वीर अस्पताल अगाडिको शौचालय व्यवस्थापन गरिरहनुभएका ऋषि गड्तौला वर्षमा महानगरलाई १६ लाखको हाराहारीमा रकम बुझाउनु पर्ने भएकाले बाध्य भएर पसल पनि राख्नुपरेको बताउनुहुन्छ ।

पालिकाले कम राजस्व लिएमा पसल हटाउने उहाँ बताउनुहुन्छ । महिनावारी प्याड, भित्री कपडा, साबुन, स्याम्पु, तौलिया जस्ता आवश्यक पर्ने सामान नजिकै हुनुपर्ने उहाँ बताउनुहुन्छ ।

कति दूरीमा सार्वजनिक शौचालय बनाउने, त्यहाँ के(के सुविधा हुने, शुल्क कति लिने, कुन विधिबाट सञ्चालन गर्ने जस्ता कुरा पालिकाहरुको नीतिमै स्पष्ट हुनुपर्नेमा नीतिकै अभावमा सार्वजनिक शौचालयमा मनपरि र भद्रगोल भएको भन्दै अध्ययनकर्ता अमात्य सबैभन्दा पहिले पालिकाहरुले सार्वजनिक शौचालय व्यवस्थापनसम्बन्धी नीति बनाउनुपर्ने सुझाव दिनुहुन्छ ।

नीतिको अभाव

शौचालयसम्बन्धी अध्ययन गरिरहेको संस्था गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य भन्नुुहुन्छ, ‘शौचालयलाई व्यवस्थापन गर्न न नीति छ, न संयन्त्र, खास समस्या यही हो ।’ पालिकाको मुख्य जिम्मेवारी भए पनि ढल तथा सरसफाइ हेर्ने अरु संयन्त्र पनि यहाँ जोडिन्छन् । राजश्व उठाउने संयन्त्र छुट्टै छ । सरोकारवाला कार्यालयबीच समन्वय अभाव हुने भएकोले सार्वजनिक शौचालय निर्माण, सञ्चालन तथा व्यवस्थापनको जिम्मा एउटै निकायलाई हुनुपर्ने र स्पष्ट नीति चाहिने अमात्य बताउनुहुन्छ ।

काठमाण्डौ महानगरमा सार्वजनिक शौचालय सञ्चालनका लागि नीतिगत व्यवस्था तयार गर्ने आफ्नो प्राथमिक काम रहेको बताउँदै महानगरका प्रवक्ता ईश्वरमान डंगोलले स्पष्ट नीति बनाएर शौचालयको आवश्यकता पहिचान र व्यवस्थापनको काम गर्ने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘हामीले अहिले सार्वजनिक खरिद ऐनअन्तर्गत सार्वजनिक शौचालय व्यवस्थापनको जिम्मा दिने गरेका छौं, यसो गर्दा बढाबढमा जाँदा धेरै रकममा जिम्मा लिने र पछि खर्च उठेर भने सरसफाइ मर्मत नगर्ने समस्या पनि देखिएको छ, यस्तै कति पैसा लिने, सार्वजनिक शौचालय कस्तो हुनुपर्ने, त्यहाँ के(के सुविधा हुनुपर्ने जस्ता कुरा पनि नीतिको अभावमा स्पष्ट छैन, त्यसैले यी सबै समस्या समाधानको लागि नीति चाहिन्छ र हामी नीति बनाउन लागिपरेका छौँ ।’

काठमाण्डौ मात्र हैन, देशभरका पालिकाहरुले नीति बनाएर सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापन गर्नुपर्छ । सानो समस्या मानिए पनि यो आम नागरिकको दैनिक जीविकासँग जोडिने विषय हो ।

शौचालय निर्माण तथा व्यवस्थापनका लागि केही समय लाग्ने भएकोले तत्कालका लागि धार्मिक स्थल, सरकारी भवन, पार्क, व्यावसायिक भवन, अस्पताल, पेट्रोल पम्पलगायतका शौचालय आम नागरिकले प्रयोग गर्न पाउने व्यवस्था गर्नु उपयुक्त हुने सार्वजनिक शौचालयको क्षेत्रमा काम गर्नेहरु बताउँछन् ।

ती क्षेत्रलाई पालिकाहरुले अन्य केही सुविधा दिएर नागरिकलाई शौचालय प्रयोग गर्ने वातावरण बनाउन सक्ने गुथीका प्राविधिक सल्लाहाकार अमात्य बताउनुहुन्छ ।

(पाइखानाको पीर’ शृङ्खलाअन्तर्गत बिहीबार राजमार्गमा सार्वजनिक शौचालयको अवस्थाका बारेमा चर्चा गर्नेछौँ ।

@ujyaaloonline