रामेछापको विकास निर्माणको काममा बजेटको अभाव हुन नदिन्न : मन्त्रि ढुङगेल

मन्थली, भदौ२०

शुक्रबार दोरम्बा गाँउपालिकाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । ३ नं प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङगेलले भवनको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रि ढुङगेलले रामेछाप जिल्लामा विकास निर्माणको कामले गति लिएको दाबी गरेका छन् । उनले जिल्लाका मुख्य सडकहरुलाई कालोपत्रे गर्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताएका छन् । सम्बोधनमा बोल्दै उनले भने,‘मन्थली–गाल्वा–चौरीखोला जोडन सडक कालोपत्रे हुन्छ, यस बर्ष ४ करोड रुपैयाँ अतिरित्त बजेट विनियोजन गरेका छौं ।’

उनले जिल्लामा हुने विकास निर्माणको काममा बजेटको अभाव हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले डडुवा–गाल्वा सडक कालोपत्रे गर्ने योजनाभित्र समावेश गरेको बताए । उनले जिल्ला बासी भग्यमानी भएको बताउदै केबलकार चढेर रमाईलो अनुभवसंगै जिल्लाको विकासमा रमाउने दिन आएको स्मरण गराए ।

स्थानिय २९ जनाले संयुक्त रुपमा जग्गा नि –शुल्क उपलब्ध गराएका थिए ।
भवन निर्माणको लागि २०७५ साल पुष २ गते सम्झौता भएको थियोे । गत असार १ गते निर्माण समपन्न भएको थियो ।


भवन एक करोड ७४ लाख ३९ हजार १ सय ४४ रुपैयाँको लागतमा निर्माण गरिए भएको गाँउपालिकाका लेख प्रमुख शिव खड्काले जनता भ्वाईस्लाई जानकारी दिए ।

भवनको फोटो फिचर