उमाकुण्डमा पालिका स्तरिय हाजिर जवाफ प्रतियोगिता हुदै

भदौ २२

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा ४० औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा वडा स्तरिय हाजिर जवफ प्रतियोगीता सम्पन्न गरेको छ । महालंगुर मावि गुम्देलका प्रधानध्यापक दोमर्शकी र्शेपाको अध्यक्षतामा माहालंगुर माविको प्रङगनमा गरिएको कार्यक्रमा गाउँपालिका वडा नं १ गुम्देल भित्रका साविकका सातै वटा वडाका विद्यालयको सहभागिता रहेको थियो ।


उमाकुण्ड गाउँपालिकाको आर्थिक सहयोगमा गरिएको कार्यक्रमा बाल्दिङ आधारभुत विद्यालय प्रथम भएको छ । त्यस्तै बाल ज्योति आधारभूत विद्यालय द्वितिय र उमार्तिथ आधारभूत विद्यालय तृतिय भएका छन् ।


प्रथम हुनेले नगद १५ सय, द्धितियले १ हजार र तृतियले ५ सय रुपैयाँ हात पारेको माहालंगुर माविका शिक्षक द्धरिकानाथ सुवेदीले जानकारी दिए ।


उनका अनुसार गाउँपालिकाले गा.पाभित्रका सबै वडामा दिवसको अवसरमा प्रतियोगिताको आयोजना गरेको थियो । आजको प्रतियोगिता वडा स्तरिय गरिएको र आउदो भदौ २९ गते स्रोत स्तरिय प्रतियोगिता गर्ने र असोज ३ गते संविधान दिवसको अवसरमा गाउँपालिका स्तरिय प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।


आजको कार्यक्रममा ४ सय विद्यार्थीको उपस्थित रहको थियो । कार्यक्रम आयोजना गर्न गाउँपालिकाले १० हजार आर्थिक सहयोग उपलब्ध गरेको थियो ।