ज्योति लाइफको अभिकर्ता तालिम रामेछापको मन्थलीमा सम्पन्न

भदौ २२
रामेछापको सदरमुकाम मन्थलीमा ज्योति लाईफ ईन्सोरेस कम्पनीले अभिकर्ता क्षमता अविवृद्धि तालिम शुक्रबार मन्थलीमा सम्पन्न गरेको छ । प्रदेश नं ३ की क्षेत्रीय प्रमुख अम्बिका तिमलसीनाको उपस्थितिमा तालिम संचानल गरेको हो । तालिममा ४० जनाको सहभागीता रहेको थियो ।

क्षेत्रिय प्रमुख तिमलसीनाले बजारीकारण र गाँउ गाँउमा गएर नागरिकको जिवन लगाएतका सुरक्षाको लागि बिमा कसरी गराउने ? किन गराउने ? कस्को लागि गराउने ? कहिले सम्म गराउने कस्को–कस्को गराउने जस्ता आधारभुत विषयमा तालिम दिएकी थिन् । उनले आफुसंग काम गर्न सजिलो हुने विश्वास् दिलाएका थिइन् ।


सेवानै धर्म हो र धर्मकामउन मानिसको अमूल्या जीवनको ईन्सोरेन्स गराउनु पर्ने उनको भनाई थियो ।

तालिम एक दिन संचालन भएको थियो । तालिममा जिल्ला उप–शाखा प्रमुख देब कैलाश श्रेष्ठको सहजिकारणमा संचालन भएको थियो । कार्यक्रमा नयाँ र पुराना अभिकर्ताको ४० जनासंगै पत्रकारको पनि उपस्थित रहेको थियो ।