आरण जोगाउन गरेको माग वडा अध्यक्षद्धरा बेवास्ता

मन्थली, २३

रामेछाप जिल्ला लिखु तामाकोशी गाँउपालिका –१ दुरागाँउका १२ घर बिक परिवारले आरण सुधारका लागि वडामा पटक–पटक ताकेता गर्दा पनि वडाबाट कुनै पनि सुनुवाई नभएको गुनासो गरेका छन् । आफुले वडामा आरण सुधारका लागि लिखित रुपमा सामुहिक निवेदन पेश गरेको महिना बितिसक्दा पनि आफनो मागको कुनै सुनुवाइ नभएको दुरागाउँ वडा नं ४ का स्थानिय कमल बि.कले जनता भ्वाईसलाई जानकारी दिए ।

एक सय ५० घरधुरीका स्थानियको सामान बनाइ सेवा दिइ रहेको तर निर्माणका लागि आवश्यक सामाग्री नहुदा सेवा दिन नसकेकाले वडाको सहयोगमा आधुनिक उपकरणको ब्यवस्थाको लागि आफुले वडालाई अनुरोध गरेको उहाँको भनाईछ । तर वडाको ब्यवस्थाका कारण आफु अन्यवलमा परेको बताए। आफु काम छोड्ने पक्षमा भएपनि स्थानिय मारमा पर्ने भएकोले अन्यवलमा परेको बताए ।

उनले सामान बनाउन छोडे स्थानियहरु छिमेकी गोकुल गंगा गाँउपालिकाका विभिन्न वडामा पैदल दिनभर हिडेर पुग्नुपर्ने छ । त्यसैले सेवाग्राहिहरुले सेवा नछोड्न माग गरेका छन् । उनले काम गर्दा लाग्ने चोटपटकको उपचार गर्ने ब्यवस्था र वइलिङ मेसिन लगायतका आधुनिक सामाग्रीको ब्यवस्था गर्न माग गरेका छन् ।

यता लिखु तामाकोशी गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष निङमार तामाङले आधुनिक आरणको लागि पहल गर्ने आश्वासन दिनुभएको छ । उहाँले आफुले आरणको विषयमा गाउँपालिकामा समेत कुरा राखेकोले केहि दिनमै अनुदान सहित उपकरणको ब्यवस्था गर्ने पतिबद्धता जनाए ।