सदरमुकामकै पसलबाट म्याद नाघेका सामान बरामत

रामेछाप,भदौ २३

जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार मन्थली बजार अनुगमन गरेको छ । लक्ष्मण भुजेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग बाणिज्य संघ, पत्रकार लगायतका संयुक्तटोलीले बजार अनुगमन गरेको हो ।

अनुगमानका क्रम्मा विभिन्न पसलबाट विभिन्न म्याद नाघेका सामान बरामत गरेको छ ।


एस के एस स्टोर्सबाट डयू, ३ बोतल, सूर्ती ७ के जी, एस एण्ड एस किनारा पसलबाट खैनी १ प्याकेट। चुरोट १ पेटी, सन्तोष किनारा पसलबाट जुनारको जुस १२ बोतल, न्यूजनरल सफल स्टोर्सबाट कुकजि विस्कुछ १ काटुन, आर डी कोल्ड स्टोर्स एण्ड सप्लार्यसबाट तेल २४ बोतल, पिकेट कोल्ड स्टोर्सबाट जुस ३ बोतल, उप्रेती स्टोर्सबाट विस्कुट ठूलो बोराको १ बोरा, रमेश किनारा मसलबाट जुस २ बोतल,गौरीशंकर कोल्ड स्टोर्सबाट २ बोतल जुस र विभिन्न पसलहरुबाट इजाजत नभएको खैनी २० प्याकेट म्याद नाघेका सामाग्री बरामत गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

पछिल्लो समय जिल्ला प्रशासनले बजार अनुगमनमा तिव्र पारेको छ ।