डेगु रोकथामका लागि बाणगंगामा सारोकारवालाई अभिमुखिकरण

भगवती न्यौपाने कपिलवस्तु भाद्र २३

डेगु रोकथाम तथा नियन्त्रणका लागि सारोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम वडा नम्वर ४ को होटल माछापुछे्मा सोमबार सम्पन्न भएको छ ।

नगरपालिका भित्रका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, जनपद र शसस्त्र प्रहरीका प्रतिनिधि विभिन्न अस्पतालका प्रतिनिधि, महिला स्वास्थ्य, स्वास्थ्य सेवीका, स्वास्थ्यचौकी प्रतिनिधि, नगर स्वास्थ्य केन्द्रका प्रमुख, सुहाराका फिल्डकार्यकताहरु र संचारकर्मि समेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम मार्फत जानकारी दिएको थियो ।

वाणगंगा नगरपािलका स्वास्थ्य शाखाद्धारा आयोजना गरीएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासीनीले डेङ्गु रोग नियन्त्रण गर्न वाणगंगा नगरपालिका बाट आर्थिक रुपमा, व्यवस्थापन पूर्ण सहयोग गर्ने प्रतिबधता जनाए ।

कार्यक्रममा अभिमुखीकरण प्रमुख डाक्टर रञ्जिता कुमारी महतोले दिनु भएको थियो । वडा अध्यक्ष भिष्मराज भुषालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा संयोजक कृष्ण प्रसाद घिमिरेले गरेका थिए ।

कार्यक्रमा स्वास्थ्य शाखा संहसंयोजक कमल ज्ञवालीले २४ र २५ गते परिचालन हुने स्वयसेवीकाहरुको जिमेवारी बताए । कार्यक्रमको मुख्य उदेश्य डेगु सार्ने लामखुटेको खोजी गरी नष्ट गरौ अभियान रहेको छ ।

बजार क्षेत्रमा यस किसिमको लामखुटे धेरै हुने भएकाले पिपरा देखि वनगाई, चाननम्वर देखि ओदारी र कोपवा बजारमा २४ र २५ गते स्वास्थ्यकर्मि र सुरक्षाकर्मि १० र महिला स्वास्थ्य स्वयमसेवीका २५ जना प्ररिचालन हुने छन् ।