जिपी फाउण्डेशन उमाकुण्डको अध्यक्षमा सुनुवार चयन

रामेछाप, भदौ, २४

रामेछापको उमाकुण्ड गाउँपालिकामा गिरीजाप्रसाद कोइराला फाउण्डेशनले गाउँपालिका स्तरीय समिति गठन गरेको छ । गिरीजाप्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दिपक खड्का र क्षेत्रीय अध्यक्ष सुन्दर कुमार कार्कीको उपस्थितिमा मंगलबार आयोजना गरिएको भेलाले गिरीजाप्रसाद कोइराला फाउण्डेशन उमाकुण्ड गाउँपालिका अध्यक्षमा पवित्र कुमार सुनुवारलाई चयन गरेको छ ।

त्यसैगरी अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा झपडबहादुर कार्की, सचिव– महेशप्रसाद भण्डारी, सह–सचिव–लिलामाया घताने र कोषध्यक्षमा फुलमाया श्रेष्ठलाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरुमा लिलाबहादुर भुजेल र सूर्यकुमारी सुनुवार रहेकी छन् भने गाउँपालिकाको पदेन्न सदस्य रहने गरि ७ वटा वडाको संयोजकहरु पनि तोकिएको छ ।


जसमा वडा नम्बर १ को संयोजकमा भविन्द्र बस्नेत, वडा नंं २ सूर्यबहादुर बराइली, बडा नं. ३ सूर्यबहादुर कार्की, वडा नं. ४ रामबहादुर तामाङ, वडा नं. ५ देवि बहादुर बस्नेत, वडा नम्बर ६ भागिराम खड्का र वडा नं. ७ को संयोजकमा कर्ण सिं बराइली रहेका छन् ।


वडाहरुमा पनि ७ सदस्यीय कार्यसमिति गठन गरिने गिरीजाप्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दिपक खड्काले जानकारी दिए ।