सिन्धुलीमा आत्महत्या गर्नेको संख्या बढ्दो : चालु आवको २ महिना १३ जनाले आत्महत्या गरे

सिन्धुली सम्झना श्रेष्ठ, भाद्र २५

सिन्धुली जिल्लामा आत्महत्या गर्नेहरुको संख्या वर्षेनी बढ्दै गएको पाइएको छ । ३ वर्षको अवधिमा २१८ जनाले आत्महत्या गरेका छन् ।
सिन्धुलीमा आर्थिक वर्ष ०७३÷०७४ मा ५७ जना, आर्थिक वर्ष ०७४ ÷०७५ मा ६६ र आर्थिक वर्ष ०७५ ÷०७६ मा ८८ जनाले आत्महत्या गरेको सिन्धुली प्रहरुी प्रमुख चक्र बहादुर संहले जानकारी दिए ।

यस्तै चालु आर्थिक वर्षको साउन १ देखी भाद्र २४ सम्म १३ जनाले आत्महत्या गरेका छन् ।
मंगलबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिन्धुलीमा आत्महत्या रोकथाम सम्बन्धि अन्तक्रिया कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा सारेकारवाला सँगको अन्तक्रिया कार्यक्रम गरिएको हो ।

विषेशगरि निरापन, असफलता, हिनताबोध, घृणा, आत्मग्लानी, वेरोजगारी, गरिबी जस्ता कारण व्यक्तिले आत्महत्या गर्ने गरेको विगत ३ वर्षको तथ्यांकले देखाएको छ ।

यसकारण, पनि कुनै पनि व्यक्तीको वानी व्यवहारमा एकास्सी परिवर्तन आयो जस्तै छिटो छिटो रिसाउने, मर्ने कुरा गर्ने, जीन्दगीबाट हार खाएको कुरा गर्ने, नीराश हुने जस्ता लक्षणहरु देखा परेमा था पाउने जो कोहीले पनि उसको निगरानी राख्न आवश्यक पर्ने प्रहरी प्रमुख सिंहको भनाई छ ।
कार्यक्रम सहभागीहरुले आत्महत्या बढ्नुको कारण खोजी न्युनीकरणमा सबैको सहभागीता हुनुपर्नेमा जोड दिएका छन् ।

आत्महत्या न्युनिकरण गर्न व्यक्ती स्वयम, घर परविार, समाज, साथी वा नजीका व्यक्ती र सिंगो राष्ट लाग्नुपर्नेमा जोड दिएका छन् ।