सबै क्षेत्रबाट जेष्ठ नागरीकलाई सम्मान हुन आवश्यक छ: मेयर थारु

भगवती न्यौपाने कपिलवस्तु भाद्र २६,

बृद्धबृद्धाहरु आफ्नै घरपविरवाट हेला हुनुपरेको वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले बताएका छन् । राष्ट्यि जेष्ठ नागरिक समाज नेपाल केन्द्रिय कार्यसमितिको ८ औं वार्षिक साधरण सभामा बोल्दै उनले यस्तो बताएका हुन ।

ज्येष्ठ नागरिकहरु घरपरिवार र समाजमा अपहेलित, शोषित भई आधारभूत आवश्यकताको उपभोग गर्नबाट बञ्चित हुने अबस्था सृजना भएको बताउदै उनले नगरमा जेष्ठ नागरिकलाई सास्ती दिएमा नगरका कर्मचारीहरुलाई समेत कारवाही गर्ने बताए ।

नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रोलले घरमा बाबुआमा, श्रीमति अर्थात परिवारका सदस्यला दुख दिने व्यक्ति बाहिर भाषण गदैमा माहान नहुने स्पष्ट पारे ।

कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पक्षाई ,कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगाएतले बोल्दै राज्यले जब सम्म जेष्ठ नागरिकलाई समान गर्दैन तब सम्म समृद्ध नेपाल सुखि नेपाली बन्न नसक्ने जिकिर गरे ।

कार्यक्रममा बार्षिक प्रतिवेदन केन्द्रिय समितिका अध्यक्ष चन्द्रकान्त आर्चायले आम्दानी ६ लाख ३३ हजार ९सय २७ र खर्च ३ लाख ४७ हजार ९ सय बताउदै बचत २ लाख ८६ हजार २२ सयभएको जानकारी गराए ।

कार्यक्रमकोमा जेष्ठ नागरिक समाजका केन्द्रिय कार्य समितीका सचिव कविराज भुषाले गरेका थिए । कार्यक्रममा ईलाका प्रशासन कार्यलय पिपराका प्रमुख आयुष प्रसाद जोशी , प्रदेश २,३,५,७ का ज्येष्ठ नागरिकहरुको उपस्थित रहेको थियो ।