सुनकोशी नदीले बगाउदा एक जना बेपत्ता

भदौ २६

सिन्धुलीमा सुनकोशी नदिनले बगाउदा एक जना बेपत्ता भएका छन् । सुनकोशी गाउँपालिका वडा नं ६ चैनपुरमा बिहिबार दिउँसो करिब १ः४५ बजेक पौडी खेल्ने क्रममा सोही गाउँपालिकाको माथिल्लो चैनपुरका अन्दाजी १८ बर्षिय सन्जिब रम्तेल बेपत्ता भएको ईलाका प्रहरी कार्यलय खुर्कोटले जनाएको छ ।

उनी स्थानीय सुनकोशी क्रशरको जेसिबिको हेल्परको रुपमा काम गर्ने कामदार भएको प्रहरीले जनाएको छ ।

बेपत्ता रम्तेलको खोजी कार्य भैरहेको खुर्काेट प्रहरीले जनता भ्वाईस्संग बताए ।