ओखलढुंगामा आगलागी एक घर जलेर नष्ट

भाद्र २७,

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. १० माआगलागी हुँदा आगलागीबाट एक घरजलेर नष्ट भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. १० निवासी टेक प्रसाद धमलाको घर आगलागीबाट जलेर नष्ट भएको हो ।

शुक्रबार बिहान ८ बजे आकस्मिक भएको आगलगीबाट घर पुर्णरुपमा जलेको छ भने घरभित्र रहेको अन्न, लत्ताकपडा, सहित २० हजारनगद पनि जलेको पिडीतले बताएका छन् । बिहान ८ वजे भएको आगलागी नियन्त्रणका लागि ९ वजे मात्रै प्रहरीलाई जानकारी भएको र जानकारी पाउनासाथ प्र्रहरी टोली घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्र्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

आगलागी बाट घरमा भएको अन्न, लत्ता कपडा, क्ही निकाल्न नभ्याएको र घरपुर्णरुपमा क्षती भएको छ । प्रहरीले आगलागीबाट करीब ६ लाखकोे क्षती भएको प्ररम्भिक अनुमान गरीएको छ ।