खाँडादेवीमा शैक्षिक सुधारका लागि १० बुँदे शैक्षिक सुधार घोषण पत्र पारित

खाँडादेवी ,भाद्र २७

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ८ मा स्रोत केन्द्र स्तरिय शिक्षक सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।
भारती मा.वी मेगर्पा भदौरेमा सोही मा.विका प्रधानध्यापक राम बहादुर श्रेष्ठको अध्यक्षता र खाँडादेवी गाउँपालिकाका सामाजिका विकास समितिका संयोज पुष्कर कार्कीको प्रमुख अतिथ्येतामा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमा स्रोत केन्द्र कार्यालय र पुस्तकालय उद्घाटन गरिएको र १० बुँदे शैक्षिक सुधारक घोषण पत्र पारीत गरिएको छ । शैक्षिक सुधारक कार्यक्रमलाई सफल पार्न ७ सदस्य समिति गठन पनि गरिएको छ ।
सोहि कार्यक्रमा भारती मा.विका कक्षा १ देखी १० सम्म अध्ययनरत विद्यार्थीहरुले प्रथम त्रैमासिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको सोही विद्यालयका प्रधानध्यापक राम बहादुर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा वडा नं ८ सम्पुर्ण विद्यालयका प्रधानध्यापक र शिक्षकहरुको उपस्थिती रहेको थिय ।