रामेछापको सुरक्षा ब्यवास्था कडा गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

मन्थली,भाद्र, २७

प्रहरी साझेदारी कार्यक्रम रामेछापको जिल्ला प्रशानकार्यलयमा शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी केसीले जिल्लाको सुरुक्षा चाडपर्व नजिकियसंगै चुनौतिको विषय बन्दै गएको बताएकी छन् । उनले जिल्लामा हालसम्म नेपाल प्रहरीले गरेको कामको चर्चा गरेकी छन् । साथै चाडपर्व नजिकिदै जाँदा जिल्लाको सुरक्षा ब्यवस्थालाई चुस्तदुरुस्त राख्न प्रहरी प्रशासनलाई निर्देशन पनि दिएकी छन् । जिल्लामा शान्ति, सुरक्षा कायम गर्नको लागि सबैको महत्वपुर्ण भुमिका हुने भन्दै उनले सबैजनाले जिल्लाको सुरक्षा स्थितीलाई ब्यवास्थित गर्न सहयोग पु¥याउन अनुरोध पनि गरेकी छन् ।


यसैबिच मन्थली नगरपालिकाका प्रमुख रामेश कुमार बस्नेतले जिल्लाको सुरक्षा स्थिती समग्रमा राम्रै भएको दाबी गर्दै, जिल्ला बासीले आगामी दिनमा जिल्लाको शान्ति, सुरक्षा, विकासमा सहयोग गर्न अपिल गरे ।
कार्यक्रममा नेपाल प्रहरीका डिएस्पिले रामेछाप जिल्लाको शान्ति सुरक्षाका लागि गरेको र आगामी कार्य योजनाबारे जानकारी गराएका थिए ।


कार्यक्रकमा रामेछापका विभिन्न पार्टीका नेता, बुद्धिजिवी, मानवअधिकारकर्मी र पत्रकारको सहभागिता रहेको थियो ।