मन्थली बचत सहकारी एसियाली स्तरको गुणस्तरिय सहकारी : अध्यक्ष सुबेदी

मन्थली भाद्र, २८,

रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड्को २२ औँ साधरण सभा शनिबार मन्थली मा सम्पन्न भएको छ । सोहि सहकारीका अध्यक्षा धुब्र प्रसाद सुवेदीको अध्यक्षता तथा मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतको प्रमुख अतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाले ११ हजार पुजि र ६८ जान सेयर सदस्य सुरु गरेको मन्थली बचत तथा ऋण सहकारी २२ औँ साधरण सभा गर्दा १२ हजार ७ सय १२ जना बढि सेयर सदस्य रहेको पुजि बढेर ८० करोड ४० लाख ७१ हजार १ सय दुई रुपैया पुगेको संस्थाको सचिब गोबिन्द प्रसाद घिमेरे जानकारी दिनु भयो । संस्थाले साबिका १५ वडा गाबिसलाई कार्य क्षेत्र बनाएर काम गरिरहेको सचिब घिमिरेले बताउनु भयो ।


कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष धु्रब प्रसात सुबेदीले मन्थली साकोस एसियाली स्तरको गुणस्तरिय सहकारी संस्या बनाई एक्सेस ब्रण्ड कार्यक्रम सहभागि हुन सफल भएको बताउनु भयो । उहाँले सो संस्थालाई अझ बित्तिय रुपमा सक्षम तथा सुरक्षित सहकारी बनाइ सदस्यको आर्थिक तथा सामाजिक बिकास गर्ने लक्ष्य रहेको अध्यक्ष सुबेदीले जानकारी दिनु भयो ।


संस्थाले गत आर्थिक २०७५÷७६ मा १ करोड ३० लाख २३ हजार ८ सय ६३ रुपैयाँ खुद मुनाफा भएको कोषअध्यक्ष टिका प्रसात भट्टले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको थियो । कार्यक्रममा असल ऋणी , असल बचत कत्र्ता , असल बाल बचत , जेष्ठ नागरीक लगाएतकालाई सम्मान गरिएको थियो ।