तरुणको साथ बिना पार्टीको स्तीत्व छैन् : सदस्य मिलन

भगवती न्यौपाने कविलवस्तु भाद्र २९,

नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठले तरुणको साथ बिना पार्टीको अस्तीत्व नभएको बताउनु भएको छ । युवाको साथका कारण पार्टी यहाँसम्म आइ पुगेको बताउदै पार्टीका अहिलेका केन्द्रीय नेता पनि युुवाको अवस्थामा जेलनेल खादै पार्टीको अस्तीत्व बचाएको स्मरण गराउनु भएको थियो । प्रभावशाली नेताका रुपमा समेत परिचित श्रेष्ठले पार्टीको दोस्रो जागरणपछि पार्टीमा नयाँ उर्जा उत्पन्न हुने बिश्वास लिनु भएको छ ।

नेपाली काग्रेस कपिलवस्तु क्षेत्र नंं १ क द्धारा आयोजित तरुण दलका नेता कार्यकर्तासगं भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा क्षेत्र १ क का सभापति शालिकराम थारु, सचिव प्रेम नारायण पौडेल, सदस्य कृष्ण मुरारी ज्ञवाली, भगवानदास चौधरी, तरुण दल जिल्ला सभापति खोम बहादुर सिहं ठकुरी (शतिm)महासमिति सदस्य दुर्गा सेन लगायत ६० बढि तरुण युवाहरुको सहभागिता रहेको क्षेत्र १ कका सचिव चन्द्रकान्त पोखरेलले जानकारी दिनु भयो ।