बजार अनुगमन तिब्र, तरकारी र फलफुल पसलमै खैनी,गुट्खा बिक्री वितरण, उपभोक्ता माथि ठुलो खेलवाड

मन्थली भाद्र २९

जिल्ला प्रशासन कार्यलय रामेछाले आइतबार मन्थलीका खद्यन्न पसलहरुको अनुगमन गरेको छ । नायव सुब्बा लक्ष्मुण भुजेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य संघ, पत्रकार लगायतका संयुक्तटोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा विभिन्न ६ वटा पसलहरुबाट म्याद नाघेका सामान बरामत गरेको छ ।  मन्थलीमा संचालित अन्जन इन्टरप्राइजेजबाट तास ५ प्याकेट , म्याद नाघेको कस्मेटीक सामान एक बोरा , दामि साबुन ५३ वटा र नुहाउँने स्याम्फु ४० बोतल ,अनुराग इन्टरप्राइजेजबाट तास १५ प्याकेट , म्याद नाघेको पोन्स हाइट ८ वटा , कस्मेटीक सामान ५ थान र म्याद नाघेको निहार जान्ती ११ बोतल जफत गरिएको अनुगमन टोलीका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेलले जानकारी दिए । उनले गुप्ता तरकारी तथा फफूल पसलबाट तास ९ प्याकेट , म्याद नाघेका आलु चिप्स २ प्याकेट , ट्वाइलेट क्लीनर ५ थान ,श्याम स्टोर्स एण्ड सप्लायर्सबाट म्याद सकिएको स्याम्फु १ सय ५३ थान र बिस्कुट ४८ प्याकेट , आइएस स्टोर्सबाट म्याद नाघेको पापड ८२ प्याकेट ,बिस्कुट १० प्याकेट , इजाजत बिना विक्रि गरिरहेको गुट्खा २१ प्याकेट ,खैनी ३५ पोका जफद गरिएको बताए ।

त्यसैगरी जिरेश्वरी तरकारी तथा फलफूल पसलबाट बिना इजाजत विक्रि गरिरहेको खैनी ३५ पोका , मडुवा सुर्ती एक प्याकेट , म्याद सकिएको पोट्याटो चिप्स ५ पोका , जुस ठुलो ५ बोतल र बदाम २ किलो जफत गरिएको उनको भनाई छ ।

अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा भुजेलले अनुगमनसंगै खाद्यान्न पसलहरुलाई आवश्यक निर्देशन दिएको बताउनुभएको छ । आगामी दिनमा सरोकारवाला निकायसंग समन्वय गरी बजार अनुगमनलाई थप कडाई गरिने उहाँले योजना रहेको बताउनुभयो ।

नामावली सहित