विभिन्न क्षेत्रमा सफल बालबालिका पुरस्कृत(भिडियो सहित)

मन्थली, २९ भदौ,

रामेछाप जिल्लाकी प्रमुख जिल्ला अधिकार लिलाकुमारी केसीले रामेछापमा बालबालिकाहरुको अपराधिक गतिबीधि अन्य जिल्लाको तुलनामा धेरैनै कम रहेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मन्थली नगरापालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा मन्थली मा. विमा ‍भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकार केसीले यस्तो बताउनुभएको हो । उहाँले बालबालिकाको मनोभवना बुझेर सम्बन्धीत पक्षले काम कार्यन्वयन गरेमा बालबालिकाको अधिकार सुमनिश्चित हुने र समृद्ध नेपाल निर्माण हुने विश्वास् ब्यक्त गर्नुभयो ।

आजको विश्वमा सबैभन्दा गहन विषय बालबालिकाको अधिकारको विषयनै भएकाले यसलाइ सम्बन्धीत पक्षले सकरात्मक तरिकाले अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

यसैबिच कार्यक्रमका सभापती नगरप्रमुख बस्नेतले कुनै पनि बालबालिका विद्यालय बाहिर नभएको दाबी गर्नुभएको छ ।
उहाँले यो बर्ष वद्यालय भर्ना अभियाननै कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट नछुटुन् भन्ने उदे्श्यले गरेको हुदा कुनै बालबालिका आफ्नो नगरापालिकामा बिद्यालय बाहिर नभएको बताउनुभएको हो । साथै उहाँले आफ्नो नगरपालिकालाई बालमैत्री नगरापालिका बनाउने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै मन्थली माविका पूर्व प्रधानध्यापक शिव श्रेष्ठले शिक्षा भनेको ब्यत्तिमा लुकायर सिमित रुपमा नराखी आफुभित्रको ज्ञान सबैलाइ सिकायर वृद्धि विकास गर्न सिके बालबालिकाको शिक्षामा विकास हुने र बालअधिकारको सुनिश्चित हुने विश्वास् गर्नुभयो ।
कार्यक्रममा “सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार” विषयमा बक्तृत्वकला र चित्रकला प्रतियोगितामा प्रथम द्तििय तृतिय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै बालअधिकारको क्षेत्रमा निरन्तर काम गर्दै आएको स्काउटका विभिन्न ब्यक्ति, शिक्षाकलाई सम्मान गरिएको छ ।

बिहान मन्थली नगरपालिकाका भित्रका विभिन्न विद्यालयहरुको सक्रियतामा ¥याली निकाली निकालीएको थियो ।

भिडियोे मिलन बि.क