सुनकोशी नदीमा हराइरहेका रम्तेलको शव फेला

भाद्र ३१


सुनकोशी नदिले बगाएर गत २६ गते देखी बेपत्ता भएका सन्जिब रम्तेलको शव आज भेटीएको छ । रम्तेललाई आज रामेछाप नगरपालीका वडा नं. ७ विर्ता स्थित सुनकोसी नदी किनारमा भेटीएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिहंले जानकारी दिनुभयो ।


सुनकोशी गाउँपालिका वडा नं ६ चैनपुरमा गत भदौ २६ गते पौडी खेल्ने क्रममा रम्तेल बेपत्ता भएका थिए । उनी स्थानीय सुनकोशी क्रशरको जेसिबिको हेल्परको रुपमा काम गर्ने कामदार भएको प्रहरीले जनाएको छ ।