निलकण्ठेश्वर माविको विब्यस अध्यक्षमा : गुञ्जबहादुर श्रेष्ठ

मन्थली असोज ४,

शैक्षिक गुण्स्तर तथा विद्यार्थीहरुको संख्याको तुलनामा मन्थली मा.वि पछि दोस्रो स्थानमा रहेको मन्थली नगरपालिका वडा नं २ काठजोरको निलकण्ठेश्वरमाविले शनिबार ६६ औं अभिभावक भेला सम्पन्न गरेको छ । उक्त भेलाले रामेछाप जिल्लाका शिक्षाविद् एंव मन्थली सहित स्मृति बहुमुखी क्यामपसका पूर्व क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठलाई सो विद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै विद्यालय ब्यवस्थापन समितिको संरक्षक समिति संयोजकमा पूर्व संविधान सभाका सदस्य तारानारायण श्रेष्ठलाई चयन गरेको छ ।

सो अवसरमा बोल्दै पूर्व संविधान सभाका सदस्य तारानारायण श्रेष्ठले गुञ्ज बहादुर श्रेष्ठलाई आफ्नो विद्यालयको ब्यवस्थापन समितिमा पाउनु गौरवको कुरा भएको बताउनु भएको छ । रामेछापका शिक्षाविद् जस्तो ब्यक्तिलाई समितिमा राखेर विद्यालय अघिबढ्ने अवसर पाएको खुसी ब्यक्त गर्दै उहाँले आगामी दिनमा विद्यालयको शिक्षाले राम्रो नतिजा ल्याउने विस्वास समेत ब्यक्त गर्नुभयो । साथै उहाँले यो अवसरलाई कठजोरले अर्को मन्थली निर्माण गर्ने मौका भएको जिकिर गर्नुभएको छ ।
त्यस्तै मन्थली नगरपालिका शिक्षा शाखाका अधिकृत सौभाग्य न्यौपाने तथा नगर शिक्षा समिति सदस्य उद्दव रम्तेलले विद्यालयमा अभाव भएको दरबन्दि केही समयपछि व्यवस्था गर्ने आस्वासन दिनुभएको छ । उहाँले विद्यालयले दरबन्दि नपुगेको भन्दै गुनासो गरिरहेको बेला यस्तो आस्वसन दिनुभएको हो ।


पूर्व क्याम्पस प्रमुख गुञ्ज श्रेष्ठ अध्यक्षमा चयनभएकोमा जनता भ्वाईस परिवार हार्दिक बधाई ब्यक्ता गर्दछ ।