पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल नगदसहित सम्मानित

मन्थली, असोज ४

रामेछापको सदरमुकाम मन्थलीमा संचालित नवजारगरण बचत तथा ऋण सहकारी संस्थाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेललाई नगदसहित सम्मान गरेको छ । सहकारीले २१ औ बार्षिक साधारण सभाको अवसरमा शनिबार संस्थाको समाचार प्रकाशन, प्रसारण तथा सञ्चार क्षेत्रबाट सहयोग गरेको भन्दै नगद रु ५ हजार सहित दोसल्ला र प्रसंसा पत्रले सम्मान गरेको हो ।

मन्थली नगरपालिकाका नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार बस्नेत र संस्थाका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा ढुंगेललाई संस्थाको मार्फत प्रोत्साहान स्वरुप सम्मान गरेका गर्नुभएको हो ।

जनता भ्वास् परिवार पत्रकार ढुङ्गेल सम्मानित भएकोमा बधाई तथा प्रगतिकाे कामना गर्दछ ।