बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर ज्यान गयो

असोज ५ सिरहा

सिरहामा बाख्रा चराउन गएका दुई बालिकाको आइतबार बिहान पोखरीमा डुबेर ज्यान गएको छ ।

गोलबजार नगरपालिका–९ गोविन्दपुरका राजु थापाका १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया छोरी रानी खातुनको पोखरीमा डुबेर ज्यान गएको हो ।

साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएका उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको वडाध्यक्ष रामपुकार कामतीले जानकारी दिनुभयो ।

दुवै बालिकाको शव पोष्टमर्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक ‍‍‍इन्सपेक्टर जनक पुरीले जानकारी दिनुभयो ।

ujyaaloonline