मन्थलीमा एल आईसि सि लाइफ इन्सोरेन्सको शाखा स्थापना

मन्थली ५ असोज

रामेछापको मन्थलीमा एल आई सी लाइफ इन्सोरेन्स कार्पोरेन्स लिमिटेडले आफ्नो शाखा स्थापना गरेको छ । २२ अन्तरार्ष्टिय देशमा संचालनमा रहेको सो इन्सोरेन्स कम्पनीले नेपालमा ५९ औं शाखाको रुपमा मन्थलीमा शाखा विस्तार गरेको हो । आईतबार मन्थलीमा विस्तारित शाखा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि औपचारीक रुपमा सेवा संचालनमा ल्याएको हो ।

इन्सोरेन्स कम्पनीको उद्घाटन केन्द्रि कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले रिवन र केक काटेर गर्नुभएको थियो । उहाँले रामेछापमा आफ्नो शाखा खोल्न पाउँदा खुसी ब्यक्त गर्दै रामेछापको भाैगोलिक क्षेत्रको प्रशंनसा गर्नुभयो । उहाँले रामेछापका मानिसको इन्सोरेन्स गरेर उनीहरुको जीवनमा अमूल्य सहयोग गर्नका लागि आफ्नो कम्पनी स्थापना गरेको बताउनुभयो ।

कार्यक्रमा कम्पनीका शाखा प्रमुख प्रसिद भक्त श्रेष्ठले कम्पनीका प्रोडक्टहरुका बारेमा जानकारी दिनुभएको थियो ।

साथै सोहि अवसरमा केन्द्रि कम्पनीका कार्यकारी अधिकृत दासलाई र केन्द्रिय नायव प्रमुख कार्यकारी अधिकृत टी वर्नवाललाई शाखाकोतर्फबाट मायाँको चिनो रामेछापको रमणिय ठाँउको फोटो रामेछापमा उत्पादित ढाकाको टोपी लगाएर स्वागत गरिएको थियो ।

कार्यक्रमा शिक्षा, शिक्षीका, बुद्धिजिवी, पत्रकार, कम्पनिका अभिकर्ता, ब्यापारीको उल्लेखनीए उपस्थिति रहेको थियो ।