सिन्धुलीमा ट्राक्टर दुर्घटना हुदा रामेछापका ४ जना विद्यार्थी घाईते : दुईको अवस्था गम्भिर

मन्थली,५ असाेज

सिन्धुलीमा ट्राक्टर दुर्घटना हुदा रामेछापका चार जना घाईते भएका छन् । खाँडादेवी गाउँपालिका वडा न‌ं ४ पकरबासको कुठिघाटबाट विद्लय जाँदै गरेका विद्यार्थी ट्राक्टर ओभर स्पिड भएर रातो पाटी सितल डाडा खाल्टेमा खस्दा घाईते भएका हुन ।

श्री दिर्ग प्रदिप सेकेण्डरी माविकामा कक्षा ९ मा अध्ययनरत विद्यार्थी घाईते भएका हुन । दुई जनाको अवस्था गम्भिर रहेको छ । घाईतेहुनेमा स्वस्तिका माझी र सम्झना माझीको अवस्था गम्भिर रहेको छ । भने शजिना माझी र मनु माझी सामान्य घाइते भएको दिगृ प्रदिप माविका प्रधानाध्यापक शंकर प्रसाद उप्रतीले जानकारी दिनुभयो ।

उनिहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।