रामेछापका ब्यापारीहरु किरा परेको सामान बिक्री गर्दै(नामावाली सहित)

मन्थली ६, असोज

रामेछाप जिल्ला प्रशासनले सोमबार बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यलय रामेछाले सोमबार मन्थलीका र रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारका ६० वटा पसलहरुमा छापा मारेको हो । रामेछाप जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईको नेतृत्वमा मन्थली नगरपालिका, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य संघ, पत्रकार लगायतको संयुक्तटोलीले बजार अनुगमन गरेको हो

अनुगमनका क्रममा विभिन्न ६० वटा पसलहरुबाट म्याद नाघेका काजु, जुनारको जुस, चामल, सस, कुकिज बिस्कुट, बल्वान छाप खैनी, शिखर जुस, मुना चिया, चक्लेट, चट्कार पाचक, चुइगम, तास, लालिपप, डिटोल ह्याण्डवास, रागाँके मासु, सिन्के चाउचाउ, एसिड र कोलिन, चिउरा, जिरा, पानीपुरी मसला, बदाम,चाउमिन, धनियाँ, लिपगार्ड, भ्यासलिग्ङ्, मैदा, इनामिन, पापड, खैनी,  वियर,स्याउ सोफि , एलोभेरा स्याम्पु, मेहन्दि  ठूलोमात्रमा बरामत गरेको छ ।

छापामारेका कतिपय पसलहरुमा स्कृत नभएको मालसामान बिक्रीका लागि राखेको पाईएको र ती सामान पनि जफत गरेको छ ।

नामावाली सहित