आकास्मिक अवतरण गरेका गृह मन्त्री काठमाण्डौं र्फिता

रामेछाप, असोज, ११

गृह मन्त्री राम बहादुर थापा चढेको हेलिकोप्टर रामेछापमा आकास्मिक अवतरण गराइएको छ । सुरक्षा गोष्ठिमा भाग लिन काठमाडौंबाट जनकपुर धनुष जाने क्रममा मौसममा खराबी भएपछि शनिबार बिहाना करिब ७ : ३० बजेको समयमा रामेछापको मन्थली आकाशे विमानस्थलमा आकास्मिक अवतरण गराइएको हो ।

नेपाली सेनाको एमआई ‍‌(९०५६) हेलिकोप्टर मन्थली विमानस्थलमा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक टेकेन्द्र पौडेलले जनता भ्वाईस्संग बताउनुभयो । गृह मन्त्री थापासँग गृह सचिव प्रेम कुमार राई पनि रहनुभएको थियो । गृह मन्त्री अहिले मौसममा सुधार नभएकाले केहि समय अगाडी काठमाण्डौ र्फकी सकेको पनी उहाँले जानकारी दिनुभयो । उहाँ अवतरण पछि मन्थली विमनस्थलका एक होटलमै बस्नुभएको थियो ।

यसै क्रममा रामेछाप नगपालिको पुषपलालको जन्म थलोमा जाने तय गरियपनी मौसमले साथ नदिदा उहाँ काठमाण्डौं र्फकीनुभएको प्रहरी निरिक्षक टेकेन्द्र पौड्यलले जानकारी दिनुभयो ।