प्रथम शान्तिदिप कप सुरु : पहिलो दिन ४ खेल

मन्थली, असोज, ११

रामेछापको सदरमुकम मन्थलीमा प्रथम रामेछाप कप शान्ति दिप फुटबल प्रत्योगिता आजबाट सुरु भएको छ । वडा दशैतथा शुभदिपवालीको अवसरमा शान्तिदिप युवा कल्वको आयोजना र मन्थली नगरपालिकको मुख्य प्रयोजनामा खेल सुरुभएको हो । कल्बका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षताम र मन्थली नगरप्रमुख रमेश बस्नेतको प्रमुख अतिथ्येतामा खेल भएको हो ।

खेल उद्घाटनमा बोल्दै नगरप्रमुख बस्नेतले आफुले खेल र खेलाडीको सुनिश्चित गर्ने बताउनु भयो । उहाँले रामेछापमा खेल र खेलाडीको भविष्य उज्वल रहेको उहाँले जिकिर गर्नुभयो ।


आज भएको पहिलो दिनको प्रतिगोतितामा ४ वटा खेल भएका छन् । मन्थली बईज र सानिमदाै सोसियल सिटीबिच भएको खेलमा मन्थली बईज ३ र सानिमदाैले ० गोल गरेको छ । त्यस्तै दोस्रो खेलमा उमाकुण्ड २ बाम्ति र न्यु स्टार कुनैरीबिचको खेलमा निरधारीत समयमा १(१ गोलको बराबरी भएकोले टाईबेकर गर्दा बाम्ति ४ र कुनाैरी ले ३ गोल गरेको छ ।

त्यस्तै तेस्रो खेलमा मन्थली सास्कृतिक र दिपशिखा बईजबिचको खेलमा निरधारीत समयमा गोल गर्न नसकेपछि टाइबेकर मार्फत गोल गर्दा मन्थली सास्कृतिक ५ र दिपशिख ४ गोल भएको छ । त्यस्तै आजै भएको चोथो खेलमा मन्थली युनाईटेड र भटाैली युवा कल्बबिचको खेलमा ५ – ० को अन्तर भएको छ ।

खेलमा प्रथम हुनेले १ लाख ५१ हजार सिल मेडल र प्रमाण पत्र प्रप्त गर्ने छ । दोस्रो हुनेले १ लाख सिल मेडल र प्रमाण पत्र, तेस्रो हुनेले ५० हजार सिल मेडल र प्रमाण पत्र र सान्तवना हुनेले २५ हजार सिल मेडल र प्रमाण पत्र प्रप्ता गर्ने छ ।

त्यस्तै उतकृष्ट खेलाडी, उद्यमान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधीक गोल कर्ताले ५ हजार सिल मेडल र प्रमाण पत्र प्रप्ता गर्ने आयोजकले जनाएको छ । खेलमा १८ वटा टिमको सहभागीता रहेको छ । खेल आगामी १४ गते सम्म चल्ने छ ।