रोकिएन कालोबजारी, किरापरेको मासु बेच्छन् मन्थलीमा, नगरापालिकाले बेच्न राखेको समान जफत गर्यो

मन्थली, असोज, १२

आइतबार रामेछापको सदरमुकाम मन्थलीका विभिन्न पसलहरुमा जिल्ला प्रशासन रामेछापले छापा मारेको छ । जिल्ला प्रशासन रामेछापका सहायक जिल्ला अधिकारी रामप्रसाद भट्टराईको नेतृत्वमा मन्थली नगरपालिका, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य संघ, पत्रकार लगायतको संयुक्तटोलीले बजार अनुगमन गरेको हो । मन्थली देवकोटाचोकका लगाएत आसपास्भित्रकै विभिन्न पसहरुमा गरेको अनुगमनमा विविएस हाडर्वयर पसलबाट सबैभन्दा बढी म्याद गुज्रेको २५ बट्टा ईनामेल,क्यास्टोल मबिल ५ बट्टा बरामत गरेको छ ।

त्यस्तै रामेछाप मासु ब्यवसायी संघबाट माछ ३० केजी किरा परेको पनि बरामत गरेको छ । आइडी किराना पसलबाट मिठाई, गुड्खा,सूर्य चुरोट, पाइलट अनुमति नभएई बिक्रो गरेकोले बरामत गरेको छ । श्रेष्ठ भोजनालय एण्ड लजबाट सूर्य चुरोट , पाइलट अनुमति नभएकोले बरामत गरेक छ ।

चाडपर्व नजिकएस‌ंगै रामेछाप प्रशासनले बजार अनुगमन तिव्र पारेको छ ।

मन्थली नगरपालिकाद्धारा फेन्सी स्टोरबाट सामान जफत

यता मन्थली नगरपालिकाले पनि बजार अनुगमनको नाममा ब्यापारीहरुलाई दुखदिने गरेको ब्यवसायिले आरोप लगाएका छन् । मन्थली बजारलाई सुन्दर र नागरिकको सहजताका लागि भन्दै नगरपालिकाले जथाभबी पसलको बाहिर पट्टि राखेको समान उठाउन थालेपछि ब्यापारीहरु रुष्ट बनेकाहरु आइतबार नगरापालिकाको टोलिले मन्थली  बिच बजारको खाँडादेबी फेन्सी स्टोरको बाहिरपट्टीको फेन्सी सामान उठाएको छ ।

ब्यपारीहरुले निस्चित ठाँउमा राखेको सामान जफत गरेको भन्दै चाडपर्वमा ब्यपार गरेर खाना पनि नदिने षडयतन्त्र गरेको बताएका छन् ।