खाँडादेवीमा बुहारीले सासुको घाँटी थिचेर हत्या

मन्थली, असोज, १५

रामेछापको खाँडादेवी गाउँपालिकामा एक बुहारीले बिरामी भएर ओछ्यानमा थला परेकी सासुको घाँटी थिचेर हत्या गरेकी छिन् । खाँडादेवी गाउँपालिका–४ तल्लोटारी स्थित ७२ बर्षकी काली गिरीलाई उनकी बुहारी निर्मला गिरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

विगत ३ बर्षदेखि बिरामी भएर घरकै थला परेर बसेकी गिरीको घाँटीमा निलडाम देखिएपछि प्रहरीले मृत्यु शंकास्पद भएको भन्दै अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उनीकी बुहारीले निर्मलाले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको बयान दिएको प्रहरीले बताएको छ ।

हत्या गरेको किटानी जाहेरी परेपछि प्रहरीले निर्मलालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको  छ  । डिएसपी भट्टराईले बताउनुभयो । घटनाको अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रविभुषण यादवको आठ सदस्यी टोलीले घटनास्थलमा मुचुल्का उठाउने क्रममा कर्तव्य भएको हुन सक्ने आशंका गरेको थियो । मृतक गिरीको शवको पोष्टमार्टम गर्नको लागि टिचिङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकेन्द्र पौडेलले रामेछापले जानकारी दिनुभयो ।

रामेछाप नियुज्