टी–२० क्रिकेट सिरिज : जिम्बाबेसँग पराजित नेपालले आज सिंगापुरसँग खेल्दै

१५ असोज

सिंगापुरमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको चौथो खेलमा आज नेपालले आयोजक टोलीको सामना गर्नेछ ।

श्रृंखलाको उपाधि जित्ने संभावना जिवित राख्न नेपालले सिंगापुर विरुद्धको यो खेल जित्नैपर्ने दबाब छ । यसअघि हिजो भएको खेलमा नेपाललाई जिम्बावेले ४० रनले हरायो ।

जारी श्रृंखलामा जिम्बाबेसँग नेपालको यो लगातार दोस्रो हार हो । इन्डियन एसोसियसन मैदानमा जिम्बावेले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि विनोद भण्डारीले ३३ रन जोड्दा आरिफ शेखले २५ रन बनाए ।

अघिल्लो खेलमा शतक बनाएका कप्तान पारस खड्का १२ रनमा आउट हुँदा अन्य नेपाली खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ जिम्बावेका सेन विलियम्सले ३ विकेट लिए ।

यो जितसँगै जिम्बावे सिरिजको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

जिम्बावेले ३ खेलमा ४ अंक जोडेको छ । समान खेलमा २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । श्रृंखलाको अन्तिम खेलमा भोलि सिंगापुरले जिम्बाबेको सामना गर्नेछ ।

imagechanal