दोरम्बामा ६ वर्षिय बालिका बलत्कृत : बलत्कार गर्ने युवा प्रहरीको फनादामा

मन्थली,असोज १५

रामेछापमा अन्दाजी ६ वर्षाकी बालिका बतात्कृत भएकी छिन् । रामेछापको दोरम्बा गाउँपालिका वडा नं ५ का पुञ्चेका  अन्दाजी १७ वर्षीय एक व्यक्तिले छिमेकी ६ वर्षिय बालिकालाई गत असोज १३ गते फाकाएर आफ्नै घरमा लगेर जर्बजस्ती करणी गरी घरमा ल्याईदिएर युवा फर्की सकेपछि बालिका रोईरहेकाले आमाले सोद्धा आफु बलत्कृत भएको आमालाई बताएकी हुन । करणी गरी फरार युवालाई १४ गते बस चडेर काठमाण्डौ भाग्न लाग्दा दोरम्बाट खटीएको ईलाका प्रहरीको टोलीले खाँडादेवी गाउँपालिकाको माकादुमबाट प्रक्राउ गरेको रामेछाप जिल्लाका प्रहरी निरिक्षक टेकेन्द्र शर्मा पौड्यले जानकारी दिनुभयो ।

पक्राउ परेका युवालाई अहिले जिल्ला प्रहरी कार्यालय रामेछापमा राखिएको छ । अभियुक्तलाई पक्राउ गरी पुर्पक्षको लागि थुनामा राखेर थप अनुसन्धान भईरहेको पौड्यलले बताउनुभयो ।