रामेछापमा विश्व स्वतन्त्रता भब्य रुपमा मानाईयो

कात्तिक २३

शनिबार रामेछाप जिल्लाको मन्थलीमा र रामेछाप नगरपालिकाको रामेछाप बजारमा रेडियो तामाकोशिको आयोजनामा विश्व स्वतन्त्रता दिवस मनाइएको छ । मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको समन्यमा भएको सो कार्यक्रमा मानिसको स्वतन्त्रताका विविध विषयमा स्थानिय जनप्रतिनीधि, शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजिवी,पत्रकार, राजनीतिक ब्यक्तितो, सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतिनीधिसंग खुल्ला छलफल गरिएको हो ।

छलफलमा बोल्दै मन्थली नगर प्रमुख रमेश कुमार बस्नेतले मानिसको विश्व स्वतन्त्रता अन्तराष्ट्रिय तिथिमितिमा नभै नेपाली काम, कार्तब्यबाट प्रेरीत भएर गर्नु राम्रो हुने बताउनु भयो । उहाँले नेपालको संविधानले पनि नेपालीहरुको स्वतन्त्रतालाई सुनिश्चित गरेको बताउदै आफु स्वतन्त्र भहुदा अरुको अधिकार माथी कुनै दमन गर्न नहुने धाराणा राख्नुभयो ।

कार्यक्रममा रामेछापका विभिन्न अग्रज ब्यक्तिहरुले आ–आफनो धाराण राखेका थिए ।