विकासले निरन्तरता पाउछ : वडा अध्यक्ष शेर्पा

कात्र्तिक २४

आईतबार रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलस्थित रातो तारा युवा क्लबको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । वडा नं १ का वडा अध्यक्ष नुर्वु शेर्पाको प्रमुख अतिथिमा सभा सम्पन्न भएको हो । सोसभाले कर्मारिन्जी शेर्पाको अध्यक्षतामा ९ सदस्यको कार्यसमिति चयन गरेको छ ।

सभालाई सम्बोधन गर्दै वडा अध्यक्ष नुर्वु र्शपाले वडाले विकास निर्माण, शिक्षा,स्वस्थ्य लगायत वडाभित्रका विभिन्न संघसंगठनलाई अगाडि बढाउन भुमीका खेलीरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनी वडाले वडाको विकासका लागी पालिकासंग सहकार्य गरेर जस्तोसुकै भुमिका खेल्ने बताउनुभयो ।

सभामा वडा सदस्य कर्मावाङछु शेर्पा, वडा सचिव गणेश थापा गुम्देल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत कार्की तथा विभिन्न संघ संस्थाका प्रतिनिधि बुद्धिजीवीहरुको उपस्थिती रहेको कल्वका सचिव सचिव ङापेम्बा शेर्पाले जनताभ्वईसलाई जानकारी दिनुभयो ।
समाभा कल्बले विगतमा गरेको अर्थिक प्रतिवेदन कोषाध्यक्ष ङिमी शेर्पा र भावी कार्ययोजना अध्यक्ष कर्मारिन्जीबाट प्रस्तुत भएको उहाँले बताउनुभएको छ ।