सोमबार मन्थलीमा बत्ति नआउने

कात्र्तिक, २४

रामेछापको सदरमुकाम मन्थली आस्पासका बजारमा आउदो कात्तिक २५ गते नेपाल विद्युत प्राधिकरणको विद्युत सेवा नआउने भएको छ । प्राधिकारणले आईतबार एक सुचना प्रकाशन गरी विद्युत प्रशारण नहुने जानकारी दिएको हो । मन्थली बजार आस्पासमा रहेको ३३÷११ केभी एम.भि.ए को पावर ट्रान्सफर्मर परिवर्तन गर्ने कारण देखाउदै सोमबार बिहान ६ :०० बजे देखी राती १० : ०० बजेसम्म विद्युत प्रवाह नहुने जानकारी दिएको हो । प्राधिकरणले ३ एम.भि.एको ट्रान्सफर्मरलाई परिर्वतन गरी अब ६÷८ एम.भि.एको राख्ने उसले दिएको सुचनामा उल्लेख गरीएको छ ।