कोटेश्वर ने वि संघद्वारा भारत विरुद्ध बृहत प्रदर्शन

कात्र्तिक २४

नेपाल विद्यार्थी संघ कोटेश्वर नेपाली भुभाग भारतीय राजनीतिक नक्सामा पारेको विरोधामा काठमाण्डौको कोटेश्वर बहुमुखी क्याम्पस ने. वि. संले विरोध ¥याली गरेको छ । क्याम्पसका ने.वि.सघ सभापति दिनेश कार्कि र पुर्व स्ववियु सभापति महेन्द्र भट्टराईको नेतृत्वमा गरिएको विरोधमा निवर्तमान महामन्त्री कुन्दन राज काफ्ले निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी ताथ विद्यार्थी नेताको उपस्थिति रहेको थियो ।

उनिहरुले भारत सरकार विरुद्ध गो ब्याक, लिम्पियाधुरा,कालापानी हाम्रो हो नारा लगाएका थिए । उनिहरुले सरकारले तत्काल कुट्नीतिक पहल गरेर नेपालको भुमी फिर्ता गर्ने सरकारलाई आग्रह गरेको सभापति कार्कीले जनता भ्वाईस्लाई जानकारी दिनुभयो ।