उम्मेदवार सुनुवारको दिगो विकास गर्र्ने लक्ष्य, सामाजिक विधिबाट भोट माग्ने

कात्र्तिक २६

नेपाली कांग्रेस रामेछापले, रामेछापको उमाकुण्डा गाउँपालिका–५ प्रितीका लागि वडा अध्यक्ष घोषणा गरेकी सावित्री सुनुवारले दिगो विकास आफ्नो उद्देश्य भएको बताउनुभएको छ ।

मंगलबार जनता भ्वाइस्संग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफु जस्तो सुकै हालतमा चुनाव जित्ने दाउमा रहेको पनी बताउनुभयो । उहाँले आफु महिला भएकोले महिला तथा बालबालिका सम्बन्धी चुनावी यजेण्डा बोकेर स्थानीय समक्षा भोट माग्न जानेको धारण राख्नुभयो ।

उम्मेदवार सुनुवारले दिगो विकासका लागि सडक, कृषि, यातायात, संचारलगायतका योजनालाई आफुले प्राथामिकतामा राखेको जानकारी दिुनभयो । सुनुवारले आफुसंग विगतमा सामाजिक परिचालिका भएर काम गरेको अनुभव सुनाउदै त्याँहा मानिसहरुलाई आफुले सामाजिक तरिकाबाट भोट माग्ने दाबी गर्नुभयो ।

उहाँले आफु नेपाली कांग्रेसको उम्मेदवार भएकोमा खुसी ब्यक्ता गर्दै आगामी बिहिवारबाट स्थानिएको घरदैलोमा जाने र स्थानीयको कुरा सुनेर गाउँपालिका सम्मलाने बताउनुभयो ।

भावि दिनुमा स्थानीयको माग अनुसार काम गर्ने बताउनु भयो । तत्कालिन वडा अध्यक्ष कुबेर खत्रीको गत बर्ष निधन भएपछि रित्त रहेको वडा अध्यक्षको लागि पुनः उप निर्वाचन हुन लागेको छ ।

कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सुनुवारलाई उम्मेदवार बनाएको छ । १७ सय ४९ जना मतदाता रहेको वडामा सत्तारुढ दल नेकपाले कुल बहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ ।