चिसापानीमा निशुःल्क दन्त तथा मुख परिक्षण हुदै

कात्र्तिक, २९

रामेछापको मन्थली नगारपालिका वडा नं ८ चिसापानीमा आगामी कात्र्तिक ३० गते शनिबार दाँत तथा मुख परिक्षण सम्बन्धी एक दिने शिविर सञ्चालन हुने भएको छ । घिमिरे समाज नेपालको आयोजना र वडा नं ८ को समन्वयमा शिविर सञ्चान हुनेभएको सो वडाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दिइको जानकारी अनुसार घिमिरे समाज नेपालको १३ औँ स्थापना दिवसको अवसरमा भिमेश्वर माध्यमीक विद्यालयमा शिविर गरि वडा वासीहरुमा निशुःल्क सेवा प्रदान गर्ने लागेको जानकारी दिनुभयो ।