रामेछापका कैदिहरुले स्थानीयको ज्यान बचाउदै : ५४ जनाले गरे रक्तदान

कात्र्तिक, २९

शुक्रबार रामेछापको रामेछाप नगरापालिका वडा नं ८ मा रक्तादान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा विभिन्न कारण जेल जीवन विताइ रहेका ५४ जना कैदीबन्दीहरुले रक्तदान गरेका छन् ।

उनीहरुले रामेछापको मन्थलीमा रहेको बल्ड् बैकबाट रामेछाप र आस्पासका जिल्लाहरुमा रहेका स्थानीयहरुलाई चाहिएको समयमा रगत उपलब्ध होस् भन्ने उद्देश्यले रक्तदान गरेको रामेछाप नेपाल रेड्क्रस सोसाइटीका मन्त्रि जय प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले मन्थलीमा २४ सैघण्टा रगत सजिलै पाउन सक्ने बताउनुभएको छ । सोही अवसरका उहाँले जिल्लामा ३५ दिन भित्र रगद खपत भए जिल्लामा र नभए बाहिरी जिल्लामा पठाउने गरको जानकारी दिनुभयो ।