जिप दुर्घटनामा रामेछापमा दोलखाका दुई बालको मृत्यु

मंसिर २,

दोलखाको झोरबाट रामेछापको दोरम्बातर्फ आउदै गरेको जिप दुर्घटनामा परेको छ । दोरम्बा गाउँपालिका वडा –१ डडुवाको धारा नजिकै जीप दुर्घटनामा परेको हो । दुर्घटनामा १२ बर्षिय बालक सहित २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दोलखा सैलुङ्को दिलकुमारी श्रेष्ठ र सुवानी श्रेष्ठ रहेका छन् । अन्य १० जना भन्दा बढी घाईते भएको उद्धार कार्यमा सम्लग्न गोकर्ण श्रेष्ठले वताउनुभएको छ । जिपमा १५ जना यात्रु रहेको रामेछाप प्रहरीले बताएको छ । घाइतेहरुलाई थप उपचारको लागी काठमाण्डौ पठाइएको छ । घटना बारे अनुसन्धान भैरहेकाले थप जानकारी आउन बाँकी छ