भारत र चिनले अतिक्रमण गरेको भूमी फिर्ता गर्न रामेछापमा प्रेस विज्ञाप्ति

मन्थली, मसिर २,

सोमबार मानव अधिकार संजाल रामेछापले स्थानीय सरकारको सुशासनको अवस्था विषयमा पत्रकार र नागरिक समाजसंग खूल्ला छलफल गरेको छ । रामेछापको मन्थलीमा गरिएको छलफलमा रामेछाप जिल्लाका आठ वटै स्थानीय सरकारले हालसम्म गरेका कार्यसम्पादन, मूल्याङकल र ति कार्य गर्न उनीहरुले गर्दै आएका गतिविधिको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा मानवअधिकार संलाज रामेछापले सम–सामयिक विवाद्ति विषयमा प्रेस विज्ञाप्ति जारी गरेको थियो ।
सञ्जालले छिमेकी देश भारत र चिनले नेपालको भूमी अतिक्रमण गरेको प्रति गम्भिर ध्यानकर्षण गराएको छ । सञ्जालले नेपाली भूमी तत्काल फिर्ता ल्याउन कुटनीतिक पहल गर्न सम्बन्धीत पक्षको ध्यानार्कषण गराएको छ ।
त्यस्तै विज्ञाप्तिमार्फत सञ्जालले जिल्लाको रामेछापका स्थानीय तहहरुले सूशासन प्रवर्धनका लागि कानून निर्माण नगर्दा समस्या भएको भन्दै स्थानीय सूशासन लगायतका कार्य काम गर्न कानून बनाई ब्यक्तिको लहडमा नभै विधिमा संचालन गर्न सञ्जाल्ले माग गरेको छ ।