उपचुनाव सफल पार्ने जिम्मेवार ब्यक्तिसंग छलफल सम्पन्न

मंसिर, ३

रामेछापको मन्थलीमा आगामी मंसिरमा हुने उपर्निवाचनलाई सफल पार्नको लागि सम्बन्धीत निकायसंग अन्तरक्रिया कार्यक्रम भएको छ । मुख्य निवाचन अधिकारी तथा जिल्ला न्याधिस स्वकृति पराजुलिको संयोजकत्वामा जिल्ला उप– निर्वाच आयोगले उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितीमा हुन लागेको उप–निर्वाचलाई सफल पार्नको लागि त्यहाँको आचार संहिताको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।
मंगलबार जिल्ला प्रशासनमा भएको छलफलमा जिल्लाका राजनीतिक दल, पत्रकार, बुद्धीजिवी लगायतको उपस्थितिमा छलफल भएको हो । छलफलमा रामेछापको उमाुकण्ड गाउँपालिका वडा नं ५ मा अध्यक्ष पदका लागि हुन लागेको उपचुनावलाई सफल पार्ने, चुनावी प्रचार पसारको लागि तोकीको विभिन्न नियमको आचार संहिताको बारेमा जानकारी दिएको थियो । सोही अवसरमा जिल्लाका राजनीतिक दलहरुले चसनावलाई सफल पार्ने प्रतिबद्धता जनाएका छन् ।