मन्थली बचत नेपाल राजस्व कार्यालयबाट सम्मानित

मन्थली, मंसिर ३

रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहारी संस्था सम्मानित भएको छ । मंगलबार रामेछापको मन्थलीमा आयोजित कर दिवसको कार्यक्रमा नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागले सहकारीलाई सम्मानित गरेको हो ।

गत आर्थिक वर्ष २०७४÷७५ मा जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने संस्था भएको भन्दै सहकारीलाई सम्मान गरको हो । सहकारीका अध्यक्ष गोविन्द घिमिरेलाई विभागले कर दिवसको भब्य कार्यक्रमका बिच सम्मान स्वरुप सम्मान पत्रप्रदान गर्नुभएको हो ।