गिरिजाको देश बानाउन योगदाको रामेछापमा चर्चा

मंसिर ५

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्ष लामो सशस्त्र संघर्ष औपचारिक रूपमा अन्त्य भएको १३ वर्ष पूरा भएको सम्झनामा रामेछापको मन्थलीमा लोकतन्त्र शान्ति र विकासका लागि बृहत शान्ति सम्भौता भएको दिनको सम्झनामा परिचर्चा र कलम विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो सँगै दशक लामो द्वन्द्वबाट मुलुकले मुक्ति पाएको थियो । सोही दिनको सम्झनामा बिहिबार कार्यक्रम गरेको हो । दशक लामो द्वन्द्व अन्त्य गर्ने सहमति गर्दै तत्कालीन सरकार र विद्रोहीले शान्तिपूर्ण राजनीतिक बाटोबाट मुलुकलाई अघि बढाउने सहमति गरेका भएको थियो ।

रामेछापको मन्थलीमा बिहिबार आयोजित कार्यक्रममा गिरिजा प्रसाद कोइराललाले नेपालको विभिन्न काल खण्डामा गरेका कामको सम्झनामा कार्यक्रम गरिएको हो । जिल्लामा गठीत गिरिजा प्रसाद कोइराला फाउनडेसनका अध्यक्ष दिपक खड्काले कोइरालाले नेपाललाई अहिलेको स्थितीसम्म ल्याउन खेलेको भुमीकाको चर्चा गर्नुभएको थियो । कार्यक्रमा कोइरलाको जिवन नजिकबाट नियालेका विरिष्ट पत्रकार, रानजीतिकदल बुद्धिजीविलगायतले कोइरलाको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कोइरलाले तत्कालीन समयमा कोइरलाले त्यो खाल्को राजनीतिक भुमीका नखेलेको भए अहिले नेपाल रहन्थ्योकी रहदैन थियो भन्ने बारेमा स्पष्ट धाराण राख्नुभएको थियो ।
कार्यक्रमा जिल्लाका प्रमुख ब्यक्ति, वरिष्ठ पत्रकारले कोइरलाको भुमीका र कार्यको बारेमा जानकारी गराउनुभएको थियो ।