उद्दम गर्नलाई मन्थली नगरपालिका जमानी बसेर लगानी जुटाउँन तयार : नगर प्रमुख बस्नेत

१०,मंसिर,

मन्थली नगरपालिका प्रमुख बस्नेतले रामेछाप जिल्ला कुटिर उद्योगहरुको संभावना भएको भएकाले मन्थली नगरपालिका उद्योग विकासको क्षेत्रमा सोहि अनुसार अगाडि बढेको बताउनुभएको छ । सोमबार पाँचौ उद्योग दिवस घरेलु तथा साना उद्योग विकास समिति रामेछापले सफल उद्यमीलाई सम्मान तथा उद्यमीहरुसंग अन्तरक्रिया कार्यक्रमा यस्तो बताउनुभएको हो । उहाँले आवश्यक शिप , ज्ञान र जागर भएका उद्यम गर्न चाहनेलाई मन्थली नगरपालिका जमानी बसेर लगानी जुटाउँन तयार रहेको नगर बताउनुभयो ।
त्यस्तै रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले रामेछाप जिल्लामा आवश्यकताका आधारमा उद्योगहरुको पहिचान गरी संचालन गर्नुपर्नेमा जोड दिनुभयो । औद्योगिक विकस नै मुलक विकासको आधार स्तम्भ भएकाले यसका बारेमा स्थानीय सरकारले बलियो योजना बनाएर काम गर्नुपर्ने मा जोड् दिनुभएको थियो । कार्यक्रममा चार जना सफल उद्यमीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
दिवसका अवसरमा लांघाली ह्याण्डी क्राफ्ट उद्योगका संचालक शेर बहादुर थापा मगर, शिवभक्ति वाँस उद्योगकी संचालक हिरामाया शिवभक्ति ,मन्थली डिलक्स एग्रोफरेष्ट्री प्रा।लिका संचालनक लोक बहादुर श्रेष्ठ र चिरञ्जिवी डेरी उद्योगका संचालनक भानुभक्त श्रेष्ठलाई सफल उद्यमीका रुपमा नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।