लिखुतामाकाेशी गाउँपालिका धाेबि नजिक ऐतिहासिक तथा पुरात्वविक गुफा (भिडियो सहित)

लक्ष्मण खड्का ।धोबी । २०७६ मंसिर १० ।

रामेछाप जिल्लाको लिखुतामाकाेशी गाउँपालिका वडा नम्बर ५ धाेबि स्थित बजार नजिक रहेकाे खराङखुरूङ सामुदायिक बनकाे बिचमा ऐतिहासिक तथा पुरात्वविक गुफा छ भन्ने सुन्दै आएता पनि कसैले साे गुफा भित्र पस्ने आँट र जाने काेसिस सम्म गरेका थिएनन् । बिगतमा बाख्रा, कुकुर समेत नछिरेकाे स्थानियवासी बाबुराम खड्का बताउछन् । त्यसै गरि स्थानियवासी भुपेन्द्र खड्काका भनाई अनुसार त्यस स्थानमा बाख्रा चराउन जाने जति सबैले बाेक्न सक्ने जती ढुंगा खसाउने गरका थिए । ढुंगा खसाल्दा ५ मिनेट सम्म तामाकाे भाडा बजेकाे कारण सबै ले ढुंगा खसाल्ने काम गरेकाे बताउछन्। साे स्थान मा नवसन्देस समूहका युवा हरू ले याे कुराहरू काे हल्ला हुँदै गर्दा त्यस स्थानमा सधैंका झै २८ औँ टुर त्यस स्थानकाे गुफा भित्र पसि पहिलाे पल्ट गुफा भित्री मिटिङ संचालन गरेकाे हाे । गुफा भित्र विभिन्न देवता का मुर्ति तथा चमेरा हरू रहेकाे भेटिएकाे छ। मिटिङ काे पहिलाे उद्देश्य नै खराङ खुरूङ महादेब गुफाकाे संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्य राखिएकाे छ। लगतै धाेबि बजारवासी तथा वडा नं ५ का वडा अध्यक्ष शाेम बहादुर तामाङ लगायत नबसन्देस समूह पुन: त्यस स्थानमा पुगि अबलाेकन गरेका थिए ।आउदै गरेकाे शिबरात्रीका दिन विशेष पुजापाठ गरि पर्यटक भित्र्याउने उद्देश्यका साथ नव सन्देशका युवा तथा वडा अध्यक्ष तमाङले जानकारी दिए । ।