लैङ्गिक हिँसा विरुद्धाको १६ दिने अभियान सुरु, २४ गते भब्य कार्यक्रमका बिच समापन हुने

०९,मन्थली, मंसिर,

समानताको पुस्ता, वलात्कार विरुद्धको एक्यवद्धता भन्ने मुल नाराका साथ लैङ्गिक हिँसा विरुद्धाको १६ दिने अभियान सोमबारबाट रामेछापमा सुरु भएको छ ।
सदरमुकाम मन्थलीको विपिचोकबाट सचेतना मूलक र्याली आयोजना गरि अभियान सुरु गरेको हो । जिल्ला स्थित सरकारी निकाय तथा जिल्लामा क्रियाशिल महिला अधिकार र मानवअधिकारको क्षेत्रमा काम गर्ने सम्पुर्ण संस्थाका प्रमुख एवं प्रतिनिधि उल्लेख्या सहभागिता सहित दिवसको प्रम्भगरिएको हो ।


बिहाना विपि चोकबाट निस्कियको ¥याली मन्थली बजार परिक्रमा गरि देवकोटा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै मुल आयोजक समितिकी संयोजक एवं मन्थली नगरपालिका उपप्रमुख मायाँ कार्कीले जिल्लामा १६ दिन भरिनै विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाइने बताउनुभयो । १६ दिनसम्म चल्ने सो अभियान १० डिसेम्बर अर्थात् मानवअधिकार दिवसको दिन रामेछापको मानवअधिकारको समग्र अवस्थाको विश्लेषण गरि समापन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।


¥यालीमा विभिन्न महिला हिंसा विरुद्ध नारा लेखिएका प्लेकार्डहरु प्रदशन गरिएको थियो ।
त्यस्तै सोमबार साँझा मन्थलीको देवकोटा चोकमा दिव प्रज्वलान गरिएको थियो ।
त्यस्तै १६ दिने अभियान भरिनै विभिन्न चेतना मूलक कार्यक्रक आयोजना गरिने आयोजकले जनाएको छ ।
अभियान २४ गते भब्य कार्यक्रमका बिच समापन गरिने बताईएको छ