मन्थलीमा आदिती कप प्रतियोगित हुदै

मंसिर, १४,

रामेछापको मन्थलीमा रहेको माध्यमिक विद्यालयले आगामी पुष ९ गतेबाट ९ औं आदिती कप खेलकुद प्रतियोगीता आयोजना गर्ने जानकारी दिएको छ । विद्यालयका शिक्षाक चन्द्र सिंह धामिले दिनुभएको जानकारी अनुसार पुष ९ गते बाट लगातार चारदिन खेल आयोजना गर्ने बताउनुभयो ।


विगतका वर्ष जस्तै यो पटक पनि प्रावि, निमावि र माध्यमिक विद्यालयका विद्यार्थीहरुको लागि उनीहरुको शारिरीक अवस्थालाई मध्यनजर गरि खेल गराउने बताउनुभयो । चार दिनसम्म चल्ने प्रतियोगितामा हाई जम्प, लम्जप,र्तिपल जम्प, भलिबल, फुटबल, ब्यड्मिन्टन, कराते , तेकवन्दो, उस्, सटफुट, ज्यावलिङ थ्रो, १००, २००, ४००, ८००, १५०० र ३००० हजार मिटर दौड् , त्यस्तै १०० इन्टु ४ रिले, ४०० इन्टु ४ रिले आदि खेल खेलाईने जानकारी दिनुभयो ।


विगत नौ वर्ष देखी विद्यालयका सस्थापक अध्यक्ष हृदय राज घिमिरेका छोरा सुह्रत घिमिरेले आफ्नी छोरी आदिती घिमिरे जिवित रहुन्जे विद्यालयमा आदिती कप आयोजना गर्ने प्रतिवद्धता पश्चात निरन्तर आयोजना गर्दै आयको जानकारी दिनुभयो ।
घिमिरेले ब्यक्तिगत सम्पुर्णमा लगानिमा खेल संचालन गर्दै आउनुभएको शिक्षक धामीले बताउनुभयो । विद्यालयको लागि चाहिने अवश्यक सामाग्री पनि घिमिरेले उपलब्ध गर्दै आउनुभएको उहाँले बताउनुभयो । खेलमा सहभागि विद्यार्थीहरुले शिल मेडल, प्रमाण पत्र, स्टेशनरी समाग्री वितरण गरिने बताउनुभयो ।