सडक अलपत्र पार्ने ठेकेदारविरूद्ध दोलखामा शंख फुकेर विरोध

मंसिर १४

दोलखाको चरिकोटका स्थानीय बासिन्दाले समयमै सडक कालोपत्रे नगर्ने ठेकेदारविरूद्ध शंख फुकेर विरोध गरेका छन्।
गत असारमै कालोपत्रे गरिसक्नुपर्ने सिन्धुपाल्चोक खाडीचौर –मुडेको २५ किमी र मुडे–चरिकोट ३० किमी सडक अहिलेसम्म पनि निर्माण नभएपछि ठेकेदारविरूद्ध स्थानीयले विरोध स्वरुप शनिबार शंख फुकेर ध्यानर्कषण गराएका हुन ।
यो सडक निर्माणको जिम्मा दीपक सापकोटाले लिए पनि कालोपत्रे गर्ने काम सकेका छैनन्।
उनीहरूले यसअघि मानव साङ्लो बनाएर सिठ्ठी जुलुस र ठेकेदार सापकोटाको फोटो टाँसेर पनि विरोध जनाएका थिए ।